Sunday, November 29

तत्काल ऋण तिर्न नसक्ने व्यवसायीलाई कालोसूचीमा राखनेधम्की नदिन नेपाल राष्ट्र बैंकका गभर्नरको निर्देशन

November 1, 2020 100

काठमाडाैं । कोभिड-१९ का कारण समस्यामा परेका उद्योगी तथा व्यवसायीलाई ऋण असुल्न च्याप्ने र कालोसूचीमा राख्ने धम्की दिएकाे भन्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैकहरूलाई त्यसाे नगर्न निर्देशन दिएका छन् ।

आइतबार केन्द्रीय बैंकले आयोजना गरेको श्रव्यदृश्य अन्तरक्रियाका क्रममा उनले कोभिडका कारण मारमा परेका व्यवसायीलाई राहत प्रदान गर्न र कुनै प्रकारको दवाव दिएर हतोत्साहित नबनाउन समेत आग्रह गरे । उनले सबै नीतिलाई छायामा पार्ने गरी मौद्रिक नीति आएको भन्ने चर्चाका बीचमा यसको व्यावहारिक कार्यान्वयन नै अहिलेको प्रमुख आवश्यकता रहेको बताए ।

उनले भने, “कोरोनाकाल भन्दा पहिल्यैको उठाउनुपर्ने कर्जा भए त्यसलाई छुट नदिनुस् तर कोरोना कालको हो भने जबर्जस्ती नगर्नुस् ।” उनले कमाएका व्यवसायीबाट कर्जा उठाउन कुनै आपत्ति नभए पनि समस्यामा परेका र कमाउन नसकेका व्यवसायीलाई समस्यामा पार्न नहुनेमा जोड दिए।

कमाउन सक्नेबाट ऋण उठाउन कुनै आपत्ति नभए पनि समस्यामा परेका, कमाउन नसकेका व्यवसायीलाई समस्यामा पार्ने यो समय नभएको उनको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहक आफैं चिन्ने भएकाले को समस्यामा छन्, कसले कमाएका छन् भन्ने पनि उनीहरुले नै पत्ता लगाउन सक्ने उनको भनाइ छ ।

‘कमाएका छन् भने कसेर लिनुस्, उबाट असुल गर्नुस् तर समस्यामा परेकालाई बढी मारमा नपार्नुस्,’ गभर्नर अधिकारीले भने ।

समस्यामा परेका व्यवसायीलाई राहत दिएर, उनीहरुको भावना बुझेर दीर्घकालसम्म हुने गरी व्यवसाय गर्ने वातावरण बनाउन उनले आग्रह गरे ।

source:.gaunsahar

प्रतिकृया दिनुहोस्