Monday, August 2

यस्ता महिलालाई हुन्छ पाठेघरको मुखको क्यान्सर देखिन्छ यस्तो लक्षण

April 11, 2021 489

काठमाडौँ । पाठेघरको मुखको क्यान्सरबारे थाहापाउनु अगाडी क्यान्सर के हो भनेर बुझ्नु आवश्यक छ । क्यान्सर वा अर्बुद्ध रोग शरीरको कोष या कोषीकाहरुको समुहको अस्वाभाविक बृद्धि हो । यदी यसलाई समयमा नष्ट गरिएन भने शरीर भरी नै यो रोग फैलिन्छ र अन्नतः यो नै मृत्युको कारण बन्न पुग्छ ।

महिलाहरुमा देखिने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख एक हो । पाठेघर महिलाको प्रजनन् सम्वन्धी एक प्रमुख अंग हो । जुन पेटको तल्लो भागमा पिसाब थैली पाठेघरको मुखको ठिक अगाडी र मलद्धार पछाडी रहेको हुन्छ । नासपाति आकारमा देखिने पाठेघरलाई फेलोपियन ट्यूव तथा मांसपेशी तत्वहरुले दुबैतिरबाट अड्याएका हुन्छन् ।

सामान्यतया पाठेघरलाई तिन भागमा बाँडेर हेर्न सकिन्छ । एक सबैभन्दा माथीको फराकिलो भाग जसलाई फण्डस भनिन्छ । अर्को बिचको साँगुरो घाँटी जस्तो भाग जसलाई इस्थमस भनिन्छ । तेस्रो पाठेघरको मुख जसलाई सर्भिक्स भनिन्छ । महिलामा देखिने क्यान्सरमा पाठेघरको मुखको क्यान्सर प्रमुख हो ।
यस्ता महिलालाई पाठेघरको मुखको क्यान्सरको सम्भावना बढी हुन्छ

प्रतिकृया दिनुहोस्