Friday, August 12

अकस्मात सुनको मूल्य मा किन आयो यस्तो परिवर्तन ?

April 11, 2021 633

नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा ८६ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । शुक्रबार तोलामा १२४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यो पनि पढ्नुहोस् ,मेरो फाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारी खुलेको छ । फाइनान्सले बुधबार एक विज्ञापन जारी गर्दै विभिन्न पदका लागि केही कर्मचारी माग गरेको हो ।

फाइनान्सले विभागीय प्रमुख, प्रदेश प्रमुख, अनुगमन अधिकृत, शाखा प्रबन्धक, कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले वैशाख २ गते सम्म कार्यालय समय भित्र आवेदन दिई सक्नुपर्नेछ । अनलाइनबाटै पनि आवेदन दिन सकिने संस्थाले जनाएको छ ।नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज छापावाल सुन तोलाको ८६ हजार ३०० रुपैयाँमा रतेजाबी सुन तोलामा ८५ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बिहीबार चाँदीको मूल्य तोलामा १२३० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

यो पनि पढ्नुहोस् , खाता सञ्चालनका लागि घरबाटै विद्युतीय आवेदन दिएर अनलाइन सुविधा लिन सकिन्छ । आफ्नो खाताको पैसा मोबाइलबाटै अरूको खातामा स्थानान्तरण (ट्रान्स्फर) गर्न सकिन्छ । अनलाइनमार्फत नै ‘आइपिएस’ सुविधा लिन सकिन्छ, जसको प्रयोगले जुनसुकै बैंकमा रहेका जुनसुकै खातामा घर बसी बसी मोबाइल, ट्याबलेट वा कम्प्युटरबाट पैसा पठाउन सकिन्छ ।

ट्याबलेट वा कम्प्युटरबाट पैसा पठाउन सकिन्छ । आफ्नो खातामा पैसा घटबढ भएको विवरणको जानकारी लिन बैंक धाइरहनुपर्दैन, न त इन्टरनेट बैंकिङमार्फत स्टेटमेन्ट लिइरहनु नै पर्छ, मोबाइल बैंकिङ÷एसएमएस बैंकिङको सुविधा लिएपछि कारोबारलगत्तै खातामा भएको परिवर्तनको विवरण मोबाइलले एसएमएसमार्फत सूचित गर्छ ।

प्रायः प्रसिद्ध बजार तथा सेवाकेन्द्रहरूमा विद्युतीय भुक्तानी गर्न सकिन्छ । यसमा न क्यास बोक्ने झन्झट रहन्छ, न त खुद्रा पैसाका लागि भौँतारिनुपर्छ । समय र श्रमको खर्चविना रुपैयाँमा मात्र नभएर पैसामा समेत ‘एक्युरेट’ भुक्तानीको सुविधा विद्युतीय भुक्तानीमा छ । अर्को महत्त्वपूर्ण पक्ष नगद भुक्तानीभन्दा विद्युतीय भुक्तानीमा विशेष छुटसमेत दिइने गरेको छ । तथापि, बैंक तथा वित्तीय संस्थामा चेक वा पैसा बोकेर घण्टौँसम्म लाइनमा बस्ने प्रचलन कायमै छ ।

काठमाडौँ । बुधबार सुनको मुल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा २ सयले घटेर प्रतितोला ९२ हजार १ सयमा कारोबार भइरहेको छ ।यसअघि मंगलबार छापावाला सुन तोलाको ९२ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ६५० नै कायम रहेको छ ।त्यसैगरी बुधबार चाँदीको मुल्य भने बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाले बढेर १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

सुनको गहना लगाएकै कारण स्कुले बालिकाको ह’ ‘त्या भएपछि रसुवा प्रहरीले बालबालिकालाई सुनका गरगहना नलगाउन अभिभावकलाई आग्रह गरेको छ । कालिका गाउँपालिका–१ राम्चे खार्सा क्षेत्रको फैक्रिगाङ निवासी ६ वर्षकी बालिका सुमिना तामाङ विद्यालयबाट घरतर्फ फर्कने क्रममा कानमा लगाएको रु १० हजार बराबरको सुनको मुन्द्राकै कारण यही मङ्सिर २१ गते ज्यान गुमाउन परेपछि यस्ता घटना रोक्न रसुवा प्रहरीले गहना पहिरन गर्ने वा गराउने कार्य न्यूनीकरण गर्ने अभियान शुरू गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार यस्ता अपराधिक घटना रोक्न बालबालिकालाई सुनका कुनै पनि गहना पहिरन नलगाउने, अपरिचित व्यक्तिले दिएका चाउचाउ, बिस्कुट, चकलेटजस्ता चीज नखान उनीहरूलाई सचेत गराउने र पठनपाठनका लागि अभिभावक आफैँले विद्यालय लाने ल्याउने वातावरण मिलाउनेजस्ता विषयमा सचेतना अभियान शुरू गरिएको हो । कोभिड–१९ को समस्या समाधान भएपछि सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालयस्तरीय सचेतना कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी भएको प्रनाउ सुवेदीले जानकारी दिनुभयो । ठूला मान्छेले पनि सकभर गरगहना नलगाउने र लगाउनै पर्ने कुनै उत्सव पर्वजस्ता अवस्था आए हात तथा गला र कानमा लगाइएका सुन सुरक्षित तवरले नजिकको परिचित आफन्तको साथमा मात्र हिँडडुल गर्र्न प्रहरीले आग्रह गरेको छ ।

ग्राङ प्राथमिक विद्यालयको कक्षा १ मा अध्ययन गरिरहेकी ती बालिका विद्यालय छुटेर घरतर्फ जाँदै गर्दा अपरिचित व्यक्तिबाट अ’प’ह’र’णमा परेकी थिइन । उनको कानमा सुनको मुन्द्रा देखेपछि चाउचाउ दिएर फर्काइ नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–५ घर भएकी १९ वर्षे सपना तामाङले अ’प’ह’र’ण गरी गाउँभन्दा अलि पर नागर्दुङ ओढारमा लगि बालिका मा’रे’र स्याउलाले छोपी कानमा लगाएको सुन लिई भागेको प्रारम्भिक बयानबाट खुल्न आएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सरोज गिरीले जानकारी दिनुभयो ।

गाउँमा बालिका हराएको हल्ला चलिरहेको र खोजतलास व्यापक भइरहेको अवस्थामै घटना घटाउने आशङ्कामा नुवाकोटतर्फ फर्कदै गरेकी अपरिचित सपना तामाङलाई स्थानीय बासिन्दाको सहयोगमा कालिकास्थान प्रहरीले धैबुङ घुम्ती बजारबाट २२ गतेनै नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणमा रहेकी आरोपित ती महिलाप्रति थप अनुसन्धान भइरहेको छ । एक होटलबाट नियन्त्रणमा लिएको भोलिपल्ट बालिकाको शव प्रहरी र स्थानीय बासिन्दाको टोलीले ढुङ्गाको ओढारमा फेला पारेको प्रहरीले जनाएको छ । गाउँ नजिकैको घटना भए पनि भौगोलिक अवस्थाले खोजतलासको क्रममा नेपाल प्रहरी र स्थानीय बासिन्दाले २३ गते दिउँसो बालिकाको शव फेला पारेको बताइन्छ ।

बालिका ह ‘त्याको घटनाले आफूलाई अत्यन्तै दुखित तुल्याएको बताउँदै रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले यस्ता घटना दोहोरिन नदिन थप सतर्कताको लागि सुरक्षा निकायलाई निर्देशन दिई सकिएको बताउनुभयो । यस्तै चालु आर्थिक वर्षको साउनदेखि हालसम्म १६ वटा घटना घटेको छ ।

प्रहरीले दिएको जानकारीअनुसार कर्तव्य ज्यान एक, देहत्याग तीन, बेवारिसे लास एक, सार्वजनिक अ’पराध तीन र विभिन्न भवितव्य आठसमेतका घटना घटेको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ । गत आर्थिक वर्षमा भने ५३ वटा घटना घटेको थियो । ती घटनामध्ये गत वर्ष कर्तव्य ज्यान एक, भवितव्य १४ सवारी दुर्घटनाबाट एकसमेत १६ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्