Thursday, November 26

चिसो मौसममा किसमिस खानुको अचुक फाइदा नै फाइदाहरु यस प्रकार छन्

November 2, 2020 124

काठमाडौं । जाडो मौसममा मानिससँग खोकी, चिसो, घाँटी दुखाइ र ज्वरोको धेरै गुनासो रहने गर्छ । मौसम एकाएक परिवर्तन हुने भएकाले धेरै किसिमका रोगहरूले हामीलाई घेर्दछन् ।

स्वास्थ्य विशेषज्ञहरूकाअनुसार यस मौसममा रोगहरूदेखि जोगिन औषधिको सट्टा सुख्खा अंगुर अर्थात किसमिसलाई प्रयोग गर्नु उत्तम हुन्छ । किसमिसले व्यक्तिलाई विभिन्न रोगहरूबाट मुक्त पार्छ, साथै वजन र छाला सम्बन्धी समस्याहरूलाई पनि कम गर्दछ ।

स्वास्थ्य विज्ञहरूको सुझावअनुसार रातमा दूधमा ५/६ वटा किसमिसलाई उमालेर खानाले चिसो र यसबाट हुनसक्ने समस्याबाट राहत पाउन सकिन्छ । किसमिस टाइफाइड ज्वरोमा पनि धेरै लाभदायक हुन्छ । लगातार किसमिस खानाले टाइफाइड समस्यालाई सदाको लागि राहत दिन सक्छ ।


बढ्दो तौल घटाउनको लागि पनि सुख्खा अंगुरहरू लाभदायक हुन्छन् । किसमिसले शरीरमा उपस्थित फ्याक्ट सेलहरू काटेर द्रुतगतिमा तौल घटाउन प्रभावकारी हुन्छन् । यसले तौल मात्रै घटाउँदैन, त्यसमा हुने ग्लुकोजले शरीरलाई पनि बढी उर्जा प्राप्त गराउँछ ।

विभिन्न माध्यमबाट फ्रि रेडिकलले हाम्रो शरीरमा इलेक्ट्रोनसँग सम्पर्कमा आउँछ, यसले धेरै कोषहरू, प्रोटिनहरू र डिएनएमा क्षति पुर्याउँदछ । किसमिसमा पाइने क्याटेचिनले यस समस्यालाई हटाउँछ र शरीरका अंगहरूलाई अक्षुण्ण राख्दछ ।

यस्तै दुधमा रहेको ल्याक्टसले हड्डीहरूलाई बलियो बनाउँछ । तर केही व्यक्तिलाई दुध मन नपर्न पनि सक्दछ । त्यस्ता व्यक्तिहरूले किसमिस लिने गर्नु पर्दछ । यसमा रहेको क्याल्सियमले व्यक्तिको हड्डीहरूलाई बलियो बनाउँछ ।


डिप फ्राई वा जंक फूड खानाले हाम्रो छालामा धेरै नराम्रो प्रभाव पारिरहेको हुन्छ । विज्ञहरूकाअनुसार यदि तपाईले आफ्नो खानामा ध्यान दिनुभयो भने तपाईको छाला लामो समयसम्म चम्किन्छ ।

किसमिसले तपाईंको छालाको समग्र बनावट र लचकतालाई सुधार गर्दछ । यदि तपाईं कपाल झर्ने समस्याबाट चिन्तित हुनुहुन्छ भने, किसमिसको नियमित सेवनले तपाईंलाई लाभ दिन्छ ।

खराब जीवनशैली र खाना खाने बानीका कारण मानिसहरूमा उच्च रक्तचाप समस्याहरू पनि देखिन थालेका छन् । प्रत्येक वर्ष लाखौंँ मानिस यस रोगका कारण जीवन गुमाइरहेका छन् । वर्तमान समयमा युवा मानिसहरू पनि उच्च रक्तचापको शिकार भइरहेका छन् । किसमिसले व्यक्तिलाई उच्च रक्तचापको रोगबाट टाढा राख्न मद्दत गर्दछ ।

source :nagarikkhabar

 

प्रतिकृया दिनुहोस्