Tuesday, September 28

चितवनमा म्याजिक भ्यान पल्टियो : २ जनाको मृत्यु, ७ घाइते

April 11, 2021 240

चितवन । चितवनमा म्याजिक अनियन्त्रित भई खाल्डोमा खस्दा दुई जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । आज (आईतबार) बिहान ९ बजेको समयमा भरतपुर १९ रामपुर चौकी नजिकै म्याजिक अनियन्त्रित भई खाल्डोमा खसेको हो ।

भरतपुरबाट शारदानगर टाउन तर्फ जांदै गरेको ९ जना सवार ना१ज ३८५९ नम्बरको म्याजिक आफै अनियन्त्रित भई सडकको कल्बर्डबाट तल खाल्डोमा खस्दा २ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परेका घाईतेको भरतपुर अस्पताल, नया मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा म्याजिकमा सवार नाम थर वतन नखुलेका अन्दाजी वर्ष ४५ का रहेका छन् । उनको अस्पताल लादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ । त्यस्तै अर्का मृतक म्याजिकमा सवार हाल नाम थर वतन नखुलेका अन्दाजी वर्ष ५५ का एक पुरुषको उपचारको क्रममा बिहान ०९ः३५ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा परि लम्जुङ दोर्जि गा.पा.३ वस्ने बर्ष ३१ का विनोद गुरुङ, रसुवा जिल्ला कालिका गा.पा.२ बस्ने वर्ष १९ का प्रदीप घिमिरे रहेका छन् । उनिहरुको अवस्था सामान्य रहेको प्रहरीको भनाई रहेको छ । उनिहरूकाे पुरानाे मेडिकल कलेजमा उपचार गराइएको छ । स्रोत : news24nepal.tv

प्रतिकृया दिनुहोस्