यी अक्षरबाट नाम आउने व्यक्ति हुन्छन् निकै भाग्यमानी, तपाईको नाम कुन अक्षरबाट
काठमाडौँ, हिन्दू धर्मअनुसार मानिसको जन्म मिति, समय, बार, तिथि, महिना आदिको माध्ययबाट उसको स्वभाव, भाग्य र भविष्य निर्धारण हुने मान्यता छ। मानिसको स्वभाव कस्तो रहने भन्ने पनि यसअनुसार भन्ने गरिन्छ। ज्योतिष विद्याले मानिसका विभिन्न अवस्था र स्वभावबारे बताउने क्रममा मानिसको नामको पहिलो अक्षरको आधारमा पनि उसको चरित्र र स्वभाव छुट्याउन सकिने बताइन्छ।
मानिसको नामकरण जन्मदाको तिथि, मिति र समयका आधारमा हुने विश्वास गरिन्छ । ज्योतिषशास्त्र अनुसार यसरी नामका आधारमा व्यक्तिको भाग्य मान्ने गरिन्छः चु चे चो लाः यी अक्षरबाट नाम भएका मानिसमा राजकाजी, तेजस्वी, धार्मिक, लोकप्रिय, बुद्धिमान, चतुर, धनी, पशुविशेषज्ञ , व्यापारबाट लाभ, स्पष्टवादी, स्त्री कृपा पाउने, चरित्रवान र केही हदसम्म रिसाहा हुने विश्वास छ ।
लि लु ले लोः यी अक्षरबाट नाम भएका व्यक्ति ईश्वरभक्त, स्वार्थी, चतुर, सत्यवादी, विजय गर्ने, निरोगी, भाग्यवादी, धनी, धेरै स्वाद रुचाउने, प्रयाशी, धेरै विचार गर्ने खालका हुन्छन् । अ इ उ एः पहिलो अक्षर यो नामबाट सुरु हुने व्यक्तिहरु पाप धर्मको वास्ता नगर्ने, तेजस्वी, अधिक खाने, थोरै बोल्ने, आशावादी, असल व्यक्तित्व, क्रोधी, मुद्दा मामिला परिरहने, कामुक स्वभावका हुन्छन् ।
प्रतिकृया दिनुहोस्