Sunday, September 19

२०७८ मा चम्किनेछ यी ३ राशिको भाग्य, मिल्नेछ फाइदै-फाइदा !

April 16, 2021 547

साल २०२० धेरै कुराले प्रतिकूल वर्ष साबित भयो। तर २०२१ धेरै कुरामा राम्रो हुने विश्वास छ। २०२१ मा केहि राशिमा यस्ता ग्रह अवस्थित हुनेछन् जसले उक्त राशिका मानिसलाई निकै भाग्यशाली बनाउन सक्छ। ज्योतिषशास्त्रका अनुसार सन् २०२१ मा विशेषगरी ३ राशिको भाग्य चम्किनेवाला छ। यी ३ राशि निम्न छन्…

तुला राशि
शुक्र ग्रह तुला राशिको स्वामी हो। शुक्र लक्जरी र समृद्धिको कारक हो। शुक्रको कृपाले यस वर्ष तुला राशिका मानिसको कष्ट समाप्त हुनेछ। २०२१ मा तपाईंले विलासी जीवन बिताउने मौका पाउनुहुनेछ। यो वर्ष रोजगारकर्ता तथा व्यवसायीका दुबैको लागि राम्रो हुनेछ। तपाईंको राम्रो व्यवहार कार्यक्षेत्रम लाभदायक साबित हुनेछ। धन प्राप्तिको योग बन्नेछ। समग्रमा २०२१ तपाईंको लागि अत्यन्त शुभ रहनेछ।

कुम्भ राशि
कुभ राशिको स्वामी शनि ग्रह हो। यस राशिमा यो वर्ष शनि र शिवशंकर दुबैको कृपा रहन्छ। कम मिहेनतले अत्यधिक सफलता पाउने योग रहेको छ। सन्तान सुख प्राप्त हुने सम्भावना देखिन्छ। सम्पति सम्बन्धित कुनै पनि कुरामा राम्रो समाचार पाउन सक्नुहुन्छ। वर्षको सुरु मै केहि ठूला अवसर प्राप्त हुनेछन् जसले तपाईंको करियरलाई अगाडि बढाउन सक्छ।

मीन राशि
मीन राशिको स्वामी बृहस्पति हो जसको कृपाले मीनका मानिस अत्यधिक बुद्धिमान, भाग्यशाली र मेहनती हुन्छन्। २०२१ मा यस राशिमा हुने गोचरलाई मध्यनजर गर्दा यस्ता योगहरू बन्न गइरहेका छन् जसले यस राशिलाई भाग्यशाली बनाउँछ। काममा अवरोधहरू हटाइनेछ। तपाईं २०२१ मा कुनै पनि नयाँ काम सुरू गर्न सक्नुहुनेछ। बृहस्पतिको अनुग्रहले हरेक क्षेत्रमा सफलता प्राप्त गर्नुहुनेछ।

प्रतिकृया दिनुहोस्