Monday, June 21

यी ९ जिल्लामा भोली १६ गते देखि १५ दिन निषेधाज्ञा !

April 28, 2021 566

काठमाडौं,– सरकारले काठमाडौं उपत्यकाका ३ सहित देशका ९ जिल्लामा १५ दिन निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बसेको सीसीएमसीको सिफारिसअनुसार संक्रिय संक्रमितको संख्या २ सय नाघेका पहाडका र ५ सय नाघेका सहरका जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

जसअनुसार बिहीबारदेखि उपत्यकाका ३ जिल्ला– काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा जारी हुँदैछ भने बाँके, बर्दिया, बागलुङ र कालीकोटका सहरी, बढी जनघनत्व भएका र सीमावर्ती क्षेत्रमा यसअघिदेखि नै निषेधाज्ञा लागू भइसकेको छ। यस्तै सुर्खेतमा आज मंगलबार राति १२ बजेदेखि र कास्कीमा बुधबार बिहान ६ बजेदेखि निषेधाज्ञा गरिँदैछ।

यसअघि काठमाडौं उपत्यकालगायतका जिल्ला प्रशासनले ७ दिनको अवधि तोकेर निषेधाज्ञा घोषणा गरेका थिए । अब यो निषेधाज्ञाको अवधि मन्त्रिपरिषद्को निर्णयअनुसार बढ्नेछ ।जिल्ला प्रशासन कार्यालयहरूले ७ दिनको भने पनि मन्त्रिपरिषद्ले १५ दिनको निर्णय गरेको छ, अब यही निर्णय जिल्ला प्रशासनले फलो गर्नेछन्,’ अर्थमन्त्री विष्णु पौडेलले भने ।

संक्रमण तीव्र भएपछि काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनले आगामी बिहीबारदेखि लागू हुने गरी वैशाख २२ गते मध्यरातिसम्मका लागि निषेधाज्ञा जारी गरेका छन् । मन्त्रिपरिषद्को निर्णयअनुसार यो अवधि वैशाख मसान्तसम्म लम्बिनेछ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले महामारीको जोखिममा रहेका क्षेत्रमा कडा आदेश जारी गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको भोलिपल्टै उपत्यकामा निषेधाज्ञाको घोषणा गरिएको हो ।

प्रतिकृया दिनुहोस्