काठमाडौँ । साताको तेस्रो दिन अर्थात मंगलबार (आज) नेपाली बजारमा सुनको भाउ घटेको छ।
आइतबार तोलामा ४ सय रुपैयाँले घटेको सुन सोमबार स्थिर रहेर आज भने पुनः १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल प्रतितोला प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ भने बढेको छ। आज चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भएको थियो।
लामो समयको कोरोना महामारी र लकडाउन पछि ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय थोरै घट्बढ् हुने गरेको छ।
प्रतिकृया दिनुहोस्