Saturday, October 16

वैज्ञानिकद्वारा भ्यागुतोबाट नयाँ रोबोट निर्माण

April 29, 2021 311

अमेरिकी वैज्ञानिकले भ्यागुतोको कोशिकाबाट पानीमा पौडिने जीवित रोबोट बनाएका छन् । उच्च स्मरण शक्ति भएको यो रोबोटले आफ्नो कल–पुर्जा पनि बदल्न सक्छ ।

आफैं चल्न सक्ने यो रोबोटले कैयौं काम एकसाथ गर्न सक्छ । आफ्ना रोबोट साथीहरुसँग मिलेर सैनिक जसरी कुनै कामको परिणाम निकाल्न सक्छ । यस नयाँ रोबोटमा धेरै नयाँ प्रविधि जोडिएका छन् जसको सहाएताले यसले कैयौं एकल कोशिकालाई जोडेर आफ्नो शरीर समेत बनाउन सक्छ ।

यो जिउँदो रोबोटलाई टुफ्टस युनिभर्सिटी तथा वोरमोंट युनिभर्सिटीका वैज्ञानिकले भ्यागुताको कोशिकाबाट तैयार गरेका हुन् । यसको आयु पनि लामो रहेको वैज्ञानिकहरुले बताएका छन् ।

यसलाई पर्यावरण सुधार गर्न तथा स्वास्थ्य व्यवस्था राम्रो बनाउन प्रयोग गर्न सकिने वैज्ञानिकहरुले बताएका छन् । यस रोबोटबाट कसरी मानिसले जस्तै भ्यागुताको कोशिकाले शरीरको निर्माण गर्छन् र एउटा सिस्टमको रुपमा काम गर्छन् बारे थाहा पाउन सक्ने विश्वास गरिएको छ ।

प्रतिकृया दिनुहोस्