Monday, November 30

सिटि रिक्सा र कार ठोकीदा ३ जनाको अवस्था गम्भिर रहेकोमा २ जनाको उपचारको क्रममा मृत्यु

November 2, 2020 135

सप्तरीको पूर्वपश्चिम लोकमार्ग अन्तर्गत कञ्चनरुप नगरपालिका वडा नम्बर २ बरमझियामा सिटि रिक्सा र कार एकआपसमा ठोकिदा घाईते भएका ७ जनामध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

५ जना घाईतेको उपचार भइरहेको प्रहरीले जनाएको छ । आईतवार साँझ सिटि रिक्सा र कार एकआपसमा ठोकीदा ७ जनामध्ये ३ जनाको अवस्था गम्भिर रहेकोमा २ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

हनुमानगर कंकालिनी नगरपालिका वडा नमबर २ बस्ने ७० बर्षिया द्धारिकालाल दास र सोही नगरपालिका वडा नम्बर १ बस्ने ७० बर्षिया बद्री मुखियाको कोशी अञ्चल अस्पतालमा उपचार क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी भुवनेश्वर साहले जानकारी दिनुभयो ।

पूर्वबाट पश्चिमतर्फ जादैँ गरेको बा.२१ च ६३९ नम्बरको कार र पश्चिमतर्फबाट पूर्वतर्फ जादै गरेको को २ ह ३४९८ नम्बरको सिटि रिक्सा एक आपसमा ठोकिएका थिए ।

कञ्चनरुप नगरपालिका वडा नम्बर ८ बजार स्थित स्वर्गिया रामभरोसी गुप्ताको श्राद्धको भोज खाएर फर्किने क्रममा साधुसंतहरु सावार अटो रिक्सालाई कारले ठक्कर दिएको थियो ।
source:palikanews

प्रतिकृया दिनुहोस्