Monday, September 20

काठमाडौँ उपत्यकामा थप २९ सय ५६ जनामा कोरोना संक्रमण

April 30, 2021 353

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २९ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा दुई हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मुलुकभर ५ हजार ७२७ जना नयाँ कोरोना संक्रमित थपिए, ३३ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ५ हजार ७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ९१६ जनाको आरटी–पीसीआर÷एन्टिजेन परीक्षण गर्दा ४ हजार ९२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१५ हजार ३९१ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ५ हजार ६५७ जना र ५ सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर ५ हजार ७२७ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३ लाख २३ हजार १८७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ सय २८ संक्रमित निको भए, ३३ को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ९ सय २८ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ९ सय २८ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ८१ हजार ९५ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५५ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर १५ हजार ९१६ जनाको पीसीआर÷एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २४ लाख ७३ हजार ८५६ जनाको पीसीआर÷एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ३३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २७९ पुगेको छ ।

प्रतिकृया दिनुहोस्