Monday, August 2

भोलिदेखि लकडाउन कडा, बेलुका पसल खोल्न नपाइने

May 2, 2021 566

काठमाडौं जिल्ला प्रशासन कार्यालयले भोलिदेखि लकडाउनलाई थप कडाइ गर्ने बताएको छ । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले सरकारी र बैंक तथा वित्तिय संस्थालाई एक चौंथाइ कर्मचारी राखेर संचालन गर्न दिने निर्णय गरेको हो ।

सोमबारदेखि बिहान १० बजेसम्म मात्र अत्यावश्यक पसलहरु खोल्न अनुमति दिने निर्णय भएको छ । यसअघि बेलुका ५ बजेदेखि ७ बजेसम्म पसल खोल्न अनुमति दिएकोमा भोलिदेखि भने बेलुका पसलहरु खोल्न नदिने निर्णय पनि प्रशासनले गरेको छ ।

प्रतिकृया दिनुहोस्