Saturday, October 16

कपाल नबढेर चिन्तित हुनुहुन्छ ? यस्ता छन् छिटो कपाल बढाउने उपाय,

May 5, 2021 5345

सबै महिलाहरूलाई आफ्नो कपाल लामो र सुन्दर बनाउन मन पर्छ । तर चाहेर पनि बनाउन सकिरहेका हुँदैनौ । हामीले आफ्नो शरीरमा जुन चिज प्रयोग गर्छौ उसको प्रभाव हाम्रो कपालमा पनि पर्न सक्छ ।

कपाल राम्रो गराउनु भन्दा पनि पहिला झर्न रोक्नु पर्छ । कपाल निकै कम मात्रामा बढ्ने वा बढ्दै नबढ्ने समस्याका कारण धेरै हुन सक्छन् । जसमध्ये प्रदूषण, अस्वस्थ जीवनशैली, खाना सम्बन्धित नराम्रो बानी र शारीरिक गतिविधि आदि हुन सक्छ ।

कपालको हेरविचार

कपाल धुने तरीका परिर्वतन गर्नेः हप्तामा तीन पटक भन्दा धेरै धुनु हुँदैन । कपाल चिसो वा सहन सक्ने पानीले धुनु पर्छ ।

भाइरल ज्वरो आएको भन्दै घरमै उपचार गर्दै आएका युवकको कोरोना संक्रमणका कारण मृत्यु

एक युवाले उपचार नपाएरै मृत्युवरण गरेका छन् । धनुषाको मिथिला नगरपालिका घर भई ससुराली बटेश्वरमा करिब एक सातादेखि बस्दै आएका ४० वर्षीय लोकबहादुर परियारको उपचार अभावमा मृत्यु भएको हो । कोरोना लागेको शंकाको आधारमा चेकजाँचका लागि जनकपुरधामस्थित सरकारी तथा निजी अस्पतालले भर्ना नलिँदा उनको मृत्यु भएको छ ।

ज्वरो, रुघाखोकीले सताएका उनलाई परिवारका सदस्यले भाइरल ज्वरो आएको भन्दै घरमै उपचार गर्दै आएका थिए । तर, आइतबार राति ८ बजे श्वासप्रश्वासमा समस्या हुन थालेपछि उनलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको थियो ।

प्रादेशिक अस्पतालको आइसोलेशनमा बेड खाली नरहेको भन्दै उनलाई फर्कायो । त्यहाँबाट जनकपुरधामको अन्य निजी अस्पतालमा लैजाँदा कुनै पनि अस्पतालले उपचारका लागि राख्न नमानेको पीडित परिवारको भनाइ छ ।

कतै अस्पताल नपाएपछि उनलाई बटेश्वर बजारस्थित आरपी मेडिकल हलमा लगिएको थियो, जहाँ उनको मृत्यु भयो । एम्बुलेन्स चालक रामबाबु महतोका अनुसार अस्पतालहरुले पैसा डिपोजिट गर्न भनेको तर बिरामीका आफन्तले पैसा डिपोजिट गर्न नसक्दा अस्पतालहरुले बिरामीको भर्ना गर्न मानिरहेका थिएनन् ।

‘एम्बुलेन्समा रहेको अक्सिजन बिरामीलाई लगाइदिएर जनकपुरधामस्थित सरकारीदेखि निजी अस्पतालसम्म भर्नाका लागि भौतारिँदै गुहार लगायौँ,’ उनले भने, ‘प्रादेशिक अस्पतालमा बेड छैन भनेर फर्काएपछि केहि निजी अस्पतालमा पनि लिएर गयौं, कसैले भर्ना गरेनन् ।’

आर पी मेडिकल हलका सञ्चालक सुवोध साहले आफुले पहिला नै यहाँ उपचार सम्भव नभएकाले अन्तै लगेर उपचार गराउन भनेको बताए । तर अन्त भर्ना नलिएपछि फर्काएर यतै ल्याइएको र बिरामीको मृत्यु भएपछि आफन्तहरुले समेत छाडेर गएको उनले बताए । राजधानी दैनिकमा यो खबर छ ।’

प्रतिकृया दिनुहोस्