Monday, September 20

देउवालाई भेट्न बूढानीलकण्ठ पुगे प्रधानमन्त्री ओली

May 5, 2021 330

२२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास पुगेका छन् ।

राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलहरुले गठबन्धन बनाए लगत्तै एमाले अध्यक्ष समेत रहेका ओली पार्टीका नेताहरुलाई लिएर देउवा निवास बूढानीलकण्ठ पुगेका हुन् ।

देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री भेटका लागि आएको पुष्टि गरे ।

२२ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा २ हजार ८४९, भक्तपुरमा ४५८ र ललितपुरमा ५१८ जना कोरोना संक्रमित भेटिएका हुन् । यस्तै एकै दिन काठमाडौँ उपत्‍यकामा १५ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बुधबार देशभर ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै काठमडौँमा २२ हजार ८०८ जना सक्रिय संक्रमित रहेका छन् भने सक्रिय संक्रमितको संख्या १ लाख ३३ हजार ३ सय ४ पुगेको छ ।

यस्तै भक्तपुरमा २ हजार ७ सय ४७ जना सक्रिय संक्रमित रहेका छन् भने सक्रिय संक्रमितको संख्या १ लाख २ हजार ६२९ पुगेको छ ।

यस्तै ललितपुरमा ४ हजार ६ सय जना सक्रिय संक्रमित रहेका छन भने सक्रिय संक्रमितको संख्या २२ हजार ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्