Tuesday, November 30

हार्दिक श्रद्धाञ्जली ! रहेनन् प्रेमध्वज प्रधान,मदनकृष्ण श्रेष्ठले रुदैरुदै अस्पतालबाटै यशो भने ( हेर्नुस् भिडियो )

May 8, 2021 426

बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको नि`धन भएको छ । बिहीबार करिब १ : ४५ मा उनको न्यूरो अस्पतालमा उनको नि`धन भएको हो । सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उनलाई बिहान अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको नि`धन भएको उनका छोराको साथी सबिन श्रेष्ठले बताए ।

विसं. १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनको घरमै सांगीतिक माहोल थियो । उनको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय संगीतका गहिरो रुची राख्थे ।

एक समयका निक्कै चर्चित र स्टाईलिस गायकका रुपमा समेत परिचित प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेँटो यो गाउँको’, ‘पर लैजाउ फुलहरू’ जस्ता थुप्रै हिट गीत अहिले पनि धेरै सुनिने गरिन्छ ।

बिहीबार निधन भएका वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधनप्रति बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले गहिरो दुःख ब्यक्त गरेका छन् । कोरोनाको संक्रमण ठिक भएपनि स्वस्थ्य अवस्थामा राम्रो सुधार नआएका कारण हाल अस्पतालमा उपचारार्थ श्रेष्ठले सामाजिक सञ्जालमा पोष्ट गर्दै प्रधानको निधनमा दुःख व्यक्त गरेका हुन् ।

यस्तो छ मदनकृष्ण श्रेष्ठको स्ट्याटस

हाई मेरो प्यारो प्रेमध्वज प्रधानदाई,
हार्दिक श्रध्दाञ्जलि छ तिमीलाई,
2026 सालमा कबि दुर्गालाल दाईको शब्दलाई तिम्रै संगीत मा गीत गाएर प्रतियोगितामा प्रथम भएर गीत संगीतको क्षेत्रमा पाईला अगाडी बढाएको थिएँ मैले।कसैको आँखामा पनि नबिझाउने मान्छे तिमी।
मनमा मानबता भएको ब्यक्ति तिमी।कसैको कुभलोको शब्द नबोल्ने हृदयमा भगवान भएको गायक तिमी।

मैले आफ्नु जीवनलाई तिमी जस्तो प्रेमको ध्वजाको सामिप्यतामा बस्न पाएकोमा आफुलाई पनि भाग्यमानी सम्झेकोछु।म फेरि मेडीसिटि हस्पिटलमा भर्ना भएकोछु। कोरोनालाई जित्छु भन्ने आत्मबिश्वास छ ।

चाँडै निकोहुनेछु र निको भएर हस्पिटलमा या बागबजार घरमा तिमीलाई भेट्न आउने सोँचाईमा थिएँ
तर तिमीले त हामी सबैलाई छोडेर पो गईसकेको रहेछौ…!!! मैले मेरा आँसुका धारा थाम्न सकिंन दाई ।
“गोरेटो त्यो गाउँको लौन आज”भन्ने गीत कानमा ठूलो ठूलो आवाजमा गुन्जीरहेकोछ।माईती घरको ” नमान लाज यस्तरी कि झुम्छ जिन्दगी मेरो” गीतमा तिम्रो अद्वितीय स्वर्णिम स्वरको सम्झना भैरहेकोछ।

“घुम्तीमा नआउ है आँखा तिमी जुधाउन ” भन्थ्यौ अब तिम्रो तस्बिर हेरेर मन बुझाउनु बाहेक के नै बाँकि रह्यो र … तिम्रो आत्मालाई चीर शान्ती मिलोस।हार्दिक श्रध्दाञ्जलि छ है दाईतिमीलाई माया गर्ने तिम्रो प्यारो भाई उहि मदनकृष्ण श्रेष्ठ –

प्रतिकृया दिनुहोस्