Friday, August 12

‘मुर्दाको शहर’ भनि चिनिने रहस्यमयी गाउँ जहा एकपटक मानिस गए पछि फर्की आऊदैन

November 2, 2020 816

यो संसार बिचित्रको छ विभिन्न रहस्यमयी कुराहरुले यो सारा बिश्व अडिएको छ। संसारमा यस्ता अचम्मका स्थानहरु रहेका छन जसको बारेमा कमै मानिसहरु मात्र परिचित रहेका छन। यसै सन्दर्भमा आज हामी यस्तो एक गाउँको बारेमा कुरा गर्न जादै छौं जुन कुरा सायद तपाइले यकिन गर्न सक्नु हुने छैन। रुसको उत्तरी ओसेटियामा एक यस्तो ठाउँ रहेको छ जहाँ मानिस एकपटक गए पछि फर्किएर फिर्ता आउदैनन। यस रहस्यमयी गाउँ ‘मुर्दाको शहर’ को नामले परिचित रहेको छ।

यो ठुला ठुला पहाडको बिचमा अवस्थित रहेको छ। यहाँ सफा ढुंगाले बनेको ९९ चिहानहरु रहेका छन। जहाँ स्थानीयले आफ्ना मृत परिवारहरुका शव राख्ने गर्छन। यसको निर्माण १६ औँ शताब्दीतिर गरिएको हो। यो चिहान हरेक परिवारसंग सम्बन्धित रहेको छ। जहाँ सिर्फ उनीहरुका परिवार मात्र राख्ने गरिन्छ। यस स्थानलाई लिएर स्थानीयहरुको फरक फरक मान्यता रहेको छ भनिन्छ यहाँ एक पटक पाइला टेकीसके पछि कोहि पनि मानिस फर्केर आउदैन। तर केहि पर्यटकहरु यस स्थानको रहस्य जान्नका लागि आउने जाने भने गरि रहेका नै हुन्छन।

यस स्थान सम्म पुग्ने बाटो सार्है कठिन रहेको छ। यस स्थानमा पुग्नका लागि सडक देखि करिब ३ घन्टाको बाटो हिड्नुपर्ने हुन्छ। एक रहस्य के पनि रहेको छ भने यस स्थानको मौसम हमेशा उराठलाग्दो हुने गर्छ। पुरातत्वविदका अनुसार यहाँ चिहानको नजिक एक मानव अस्थिपन्जर भेटिएको छ। साथै यहाँ हरेक चिहान पिच्छे एक कुवा पनि खनिएको छ। जब मृत शरीरलाई चिहानमा गाडिन्छ तब उनीहरुका परिवारजनले यस कुवामा सिक्का फाल्ने गर्छन। यदि सिक्का कुवाको तलसम्म पुगेर पत्थर संग ठोकिएको आवाज आएको खण्डमा मृत आत्माले स्वर्गमा बास पाएको बुझ्नुपर्ने भन्ने मान्यता हालसम्म पनि रहि आएको छ।

source:thebuddhakhabar

प्रतिकृया दिनुहोस्