Monday, June 21

जेठ १ गतेबाट शुक्र तुला राशिमा रहने, यी ४ राशि हुनेछन् मालामाल !

May 12, 2021 3990

जेठ  १ गतेबाट सुर्य र शनिले आफ्नो राशि परिवर्तन गर्दैछन् । जेठ  १ गते ग्रह परिवर्तनको योग रहेको छ । शुक्रले कन्या राशिलाई छाडेर आफ्नो तुला राशिमा प्रवेश गर्दैछ ।

शुक्रग्रह सौर्यमण्डलमा सूर्यबाट दोस्रो ग्रह हो। यस ग्रहको सतह चट्टानले बनेको छ र यसको वायूमण्डल कार्बन्डाईअक्साइड् र बिषालू सल्फ्युरिक् एसिडले बनेको हुन्छ। पृथ्वीको सामान्य तापक्रममा सल्फ्युरिक् एसिड तरल् अवस्थामा हुन्छ तर शुक्रग्रह यती तातो छ की शुक्रग्रहमा भएको सल्फ्युरिक एसिड वाष्पीकरण भएर ग्यासको रूपमा पाइन्छ।

हरितगृह प्रभावका कारण यो ग्रह सौर्य परिवारको सबै भन्दा तातो ग्रह बनेको छ जसका कारण पृथ्वीमा बस्ने कुनै पनि सजिव वस्तु त्यहाँ जीवित रहने कल्पना समेत् गर्न सकिदैन।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

शुक्र ग्रह आकारमा पृथ्वीभन्दा अलिकति मात्र सानो छ । पृथ्वीको व्यास १२ हजार आठसय किलोमिटर छ भने शुक्रको व्यास १२ हजार १०२ किलोमिटर छ । शुक्र ग्रह सूर्यबाट १० करोड ८२ लाख आठ हजार नौ सय किलोमिटरको दूरीमा रहन्छ ।

यसले सूर्यलाई एक पटक घुम्न आठ महिना अथवा २२४ दिन १६ घण्टा लगाउँछ । सूर्यबाट नजिकभएको हुनाले यसको सूर्यपट्टि फर्केको सतह निकै तातो हुन्छ । यो ग्रहको सतहमा चार सय डिग्री सेल्सियससम्म तापक्रम हुन्छ।

शुक्रग्रह पृथ्वीको आकाशबाट प्रायजसो सधैं देखिन्छ तर बिहान सबेरै र सूर्यास्तको केहीक्षण पछि राम्रो सँग देखिन्छ। यो ग्रह पृथ्वीबाट आकाशमा देखिने वस्तु मध्ये सूर्य र चन्द्रमा पछिको सबै भन्दा चम्किलो वस्तु हो।

साँझमा पश्चिम दिशातर्फको आकाशमा अलिक माथि हेरेको खण्डमा निकै चम्किलो आकाशीय पिण्ड देखिने छ । एकनासले प्रकाशित भइरहेको त्यो पिण्ड नै शुक्र ग्रह हो । यसरी नै यो ग्रह कहिले सूर्योदयभन्दा अगाडि पूर्वी आकाशमा पनि देखिन्छ । त्यसैले लोकबोलीमा यसलाई बिहानीतारा पनि भनिन्छ ।

शुक्र राशि परिवर्तनले कस्लाई कस्तो असर गर्छ भिडियोमा हेर्नुहोस

प्रतिकृया दिनुहोस्