Friday, August 12

रुघाखोकीको लक्षणलाई सामान्य रूपमा नलिऔं’

May 12, 2021 421

काठमाडौँ — अघिल्ला वर्षहरूमा जाडो मौसम सुरु हुनासाथ मौसमी रुघाखोकी र भाइरल ज्वरोका बिरामी बढ्थे । चिकित्सकले बिरामी हेरेको अनुभवमा यो वर्ष भने समुदायमा मौसमी फ्लु फैलिएको छैन ।

लक्षण सबै साझा हुने भएकाले कोरोना संक्रमणलाई पनि फ्लु मानेर परीक्षण नगर्नु खतरनाक भएको चिकित्सक बताउँछन् ।संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीका अनुसार यो मौसममा इन्फ्लुएन्जा जस्ता संक्रमण फैलाउने भाइरस सक्रिय हुने भए तापनि संसारभर नै यो रोगका बिरामी निकै कम देखिएका छन् ।

‘अहिले मानिसहरू मास्क लगाउने, भीडभाडमा कम बस्ने र सरसफाइ गर्ने अभ्यास गरिरहेका छन् । यस्ता मापदण्ड अपनाएपछि मौसमी रुघाखोकी लाग्ने सम्भावना निकै कम हुन्छ,’ उनले भने, ‘अघिल्लो वर्षमा यतिखेर हामीले इन्फ्लुएन्जाका धेरै बिरामी हेरिसकेका थियौं ।

यो वर्ष यो रोगका बिरामी छैनन् भन्दा पनि हुन्छ, त्यसैले अहिले लक्षण देखियो भने कोरोना हो कि भनेर परीक्षण गरिहाल्नुपर्छ ।’ बिनापरीक्षण कोरोना र फ्लु छुट्याउने कुनै आधार नभएकाले रुघाखोकी मात्रै लाग्यो भने पनि आइसोलेसनमा बस्ने, लक्षण देखिएको एक साताभित्रै पीसीआर परीक्षण गराइहाल्नुपर्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्