काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ९ हजार ३०५ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर २० हजार ७८६ जनाको पीसीआर–एन्टिजेन परीक्षण ९ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
२० हजार ३६२ जनाको आरटी–पीसीआर परीक्षण र ४ सय २४ जनाको एन्टिजेन परीक्षण गर्दा ९ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा मुलुकभर ९ हजार ३०५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ४ लाख २२ हजार ३४९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ४४४ संक्रमित निको भए, १ सय ६८ को मृत्यु
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४४४ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ४ हजार ४४४ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ३ लाख १६ हजार ४६३ पुगेको छ ।
यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५ सय १७ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २० हजार ७८६ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २६ लाख ९३ हजार ०८८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप १ सय ६८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार २५२ पुगेको छ ।
काठमाडौं उपत्यकामा ३ हजार ९२४ जना नयाँ संक्रमित थपिए
काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यका पनि कोरोना भाइरस संक्रमणको हटस्पट बन्दै भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा काठमाडौं उपत्कामा ३ हजार ९ सय २४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार ललितपुरका ४४८ जना संक्रमित थपिएका छन् । त्यस्तै, काठमाडौंमा ३ हजार २५० ना र भक्तपुरमा २२६ जना नयाँ संक्रमित थपिएका हुन् ।
प्रतिकृया दिनुहोस्