Saturday, December 5

तिहारको मुखमा काठमाडौं बासीको लागि आयो दुःखद खबर…..

November 3, 2020 262

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १६३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये महिला ७०२ र पुरुष ९२८ जना रहेका छन् ।

मन्त्रालयका अनुसार हाल काठमाडौंमा १० हजार ७९७, भक्तपुरमा १ हजार ७१९ र ललितपुरमा २ हजार २५७ जना होम आइसोलेशनमा रहेका छन् भने काठमाडौंमा १६ हजार ११८, भक्तपुरमा १ हजार ३३ र ललितपुरमा २ हजार २८८ सक्रिय संक्रमित रहेका छन् । होम आइसोलेशनमा रहेका बाहेकका संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमित ३७ हजार ५२४ जना रहेका छन् । ७७ जिल्लामध्ये मनाङ, मुस्ताङ र बाजुरा बाहेकका जिल्लामा सक्रिय संक्रमित रहेका छन् ।

यो पनि हेर्नुहोस्ः संक्रमण थपिन थालेपछि राती देखी १ हप्ताका लागी कार्तिक २१ गतेसम्म सबै बन्द हुने घोषणा ! रातिदेखि लागू हुने गरी एक हप्ताका लागि म्याग्दीको सदरमुकाम बेनी बजारलाई बन्द गरिएको छ ।लक्षणसहितका कोरोना भाइरस संक्रमित भेटिने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय, म्याग्दीले कात्तिक २१ गते १२ बजेसम्मका लागि बजार बन्द गरेको हो ।

कोरोना संक्रमण थप फैलन नदिन बेनी नगरपालिकाको आग्रह र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार बजार ब,न्द गरिएको सीडीओ उमाकान्त अधिकारीले जानकारी दिए ।म्याग्दी उद्योग वाणिज्य संघले पनि भिड नियन्त्रण र जोखिम न्युनिकरणका लागि लकडाउन गर्न आग्रह गरेको थियो ।बेनी नगरपालिका, वडा कार्यालय, सदरमुकामस्थित बैंक, वित्तीय संस्था र सरकारीबाट प्रदान गरिने सेवा बन्द हुने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।

थप समाचारः नेपाली सेनाले भन्यो : भारतीय सेनाप्रमुखको भ्रमण परम्पराको निरन्तरता ! जनरल मनोजमुकुन्द नरावणेको नेपाल भ्रमणमले दुई देशका सेनाबीचको सम्बन्ध थप सुदृढ हुने बताएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले उनको भ्रमण मुख्यरुपमा परम्पराको निरन्तरता भएको बताउँदै यस भ्रमणले दुई देशका सेनाबीचको सम्बन्ध थप सुदृढीकरण हुने बताएका हुन । प्रवक्ता पौडेल भने, “भ्रमण मुख्यरुपमा परम्पराको निरन्तरता नै हो । दुई देशका सेनाबीचको सम्बन्धलाई थप सुदृढीकरण गर्ने मुख्य उद्देश्य रहेको छ ।”

भारतीय सेना प्रमुख नरवाणे आगामी बुधबार नेपालको भ्रमणमा आउँदै छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपालको तीन दिवसीय भ्रमणमा आउन लागेका हुन् । नेपाल भ्रमणको पहिलो दिन कुनै औपचारिक कार्यक्रम नभए पनि दोस्रो दिन उनले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गर्नेछन् । त्यसलगतै सैनिक मुख्यालय जङ्गी अड्डामा उनले सैनिक गारत निरीक्षण गर्ने कार्यक्रम तय भएको छ । सोही दिन प्रधानसेनापति थापाले आफ्ना समकक्षी स्थलसेनाध्यक्ष जनरल नरावणेसँग औपचारिक भेटवार्ता गर्नेछन्। सेनाका पीएसओज र रथीवृन्दसँग भेटघाट र छलफलको कार्यक्रम तय भएको छ ।

सोही अवसरमा दुई देशबीचको सुरक्षा सहयोगसँग सम्बन्धित तेह्रौं दुई बैठकको सहमतिअनुरुप एम्बुलेन्सलगायत स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम छ ।राष्ट्रपति विद्यादेवी भण्डारी भ्रमणको दोस्रो दिन जनरल नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नु गर्नेछिन् । नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशको सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रही आएको छ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरावणेले १८औँ सेनापति हुन् ।

जङ्गी अड्डाबाट प्राप्त अभिलेखअनुसार सन् १९५० मा भारतीय सेनाअध्यक्ष केएम परिअप्पालाई पहिलोपटक मानार्थ महारथीको दर्जा प्रदान गरिएको थियो ।नेपालका तर्फबाट प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले विसं २०२६ मा भारतीय सेनाको मानार्थ महारथी प्राप्त गरेका थिए । भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी प्राप्त गर्ने वर्तमान प्रधानसेनापति थापा १४ औँ सेनापति हुन् । सोही अवसरमा राष्ट्रपतिसँग उनको भेटवार्ता हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । सोही दिन भारतीय सेनाध्यक्षको सम्मानमा जङ्गी अड्डामा रात्री भोज आयोजना हुनेछ ।

भ्रमणको तेस्रो दिन उनी शिवपुरीस्थित आर्मी कमाण्ड एन्ड स्टाफ कलेजमा आयोजना हुने शिक्षार्थीसँगको अन्तरक्रियामा सहभागी हुने कार्यक्रम तय भएको छ । रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्थलसेनाध्यक्ष नरावणेले सोही दिन औपचारिक भेटवार्ता गर्नेछन् । नेपालको तीन दिवसीय भ्रमण पूरा गरी जनरल नरवणेको नेतृत्वमा रहेको चार सदस्यीय भारतीय सेनाको टोली शुक्रबार स्वदेश फर्कनेछ ।

source:sudurmedia

प्रतिकृया दिनुहोस्