Saturday, October 23

कोरोनाले मानिस भकाभक म’र्न थालेपछि सपना रोका मगरले यस्ता तस्वीर सार्वजनिक गर्दै लेखिन् मार्मिक सन्देश

May 13, 2021 114

अहिले लकडाउन छ । श्रमजीविहरुले काम गुमाएका छन् । अस्पतालमा बिरामीको घुँइचो छ । अक्सिजन र उपचार नपाएर मानिसहरु भकाभक म रि रहेका छन् । यस्तो अवस्थामा समाजसेवीहरु के गर्दै होलान्? सबैको चासो हुनु स्वभाविक हो । सानै उमेरमा बेवारिसे शव ब्यवस्थापन गरेर चर्चित सपना रोका मगरले केही तस्वीरहरु सार्वजनिक गरेकी छिन् ।

उनले तस्वीरसँग क्याप्सनमा लेखेकी छिन्, ‘हामि निरन्तर सेवा मै छौ । निशुल्क खान बितरण , रोग र भोक ले कोहि पनि निमुखा नेपालिले अकाल मा ज्यान गुमाउन नपरोस् ।’ उनी हाम्रो सानो प्रयास, हाम्रो टिम नेपाल नामक संस्थासँग आवद्ध भएर भोकाहरुको भोक मेट्न लागिपरेकी छिन् । यसबाहेक बेवारिसे शव ब्यवस्थापनमा पनि उनी उत्तिकै सक्रिय छिन् ।

उनको जीवनमा आएका आरोह अवरोह मत्थर भएपछि चर्चित अभियन्ता सपना रोका मगर काममा फर्केकी थिइन् । बीबीसीको प्रभावशाली १०० जनाको सूचीमा परेकी सपना रोका मगरले आफ्नै संस्थाबाट सामूहिक दा ह सं स्का र समेत सुरु गरेकी छन् ।

बेवारिसेको शव व्यवस्थापन गर्ने म्याग्दीकी सपनालाई गत मंसिर ८ गते बीबीसीले विश्वका १०० प्रभावशाली महिलाको सूचीमा सामेल गरेको थियो यो सफलतामा उनी अत्यन्त खुसी थिइन् । तर, उनलाई पढाइ छुटेकोमा उनलाई चिन्ता थियो ।

२०७३ सालमा महेन्द्ररत्न उच्च माध्यामिक विद्यालयबाट एसएलसी पास गरेकी सपना सदरमुकाम म्याग्दी गएर व्यवस्थापन विषयमा कक्षा ११ मा भर्ना भएकी थिइन्। तर, त्यसपछि उनले पढाइ बीचमै छाडेकी थिइन् ।

पढाइ छाडेर कु ल त मा लागेकी उनी परिवारबाट समेत टाढा भएकी थिइन् । पछि बेवारिसे शव व्यवस्थापनको काममार्फत उनले आफूलाई सामान्य जीवनमा फर्काए पनि पढाइलाई निरन्तरता दिन सकेकी थिइनन् । पछिल्लो समय उनी कानून बिषय लिएर पढाई अगाडि बढाउँदैछिन् ।

अब पढाइसँगै बेवारिसे शव व्यवस्थापनको काममा खटिने उनी बताउँछिन् । यी दुईवटै विषय मेरा लागि उस्तै हुन् । बेवारिसे शव व्यवस्थापन जसले मलाई यहाँसम्म ल्याइपुर्‍यायो, पढाइ पनि उत्तिकै महत्वपूर्ण छ,’ उनी भन्छिन्, ‘अब सँगै अगाडि बढाउँछु ।’ सबै तस्वीर सपनाको फेसबुक पेजबाट

प्रतिकृया दिनुहोस्