कृषकको सवालमा सरकार फेरी चिप्लिएको छ । नेपाललाई ५० हजार मेट्रिक टन यूरिया मल पैंचो दिने समझदारीबाट बंगलादेश पछि हटेपछि पैँचोले काम चलाउँछु भन्ने प्रधानमन्त्री केपी शर्मा ओली नै जिल्लिए ।
सरकारी अधिकारीहरु बताउँछन् अहिलेको अवस्थामा कृषकलाई मल दिन नसकिने भइयो ।
दुई देशका प्रधानमन्त्री बीच पैँचो मल लिन दिन भदौ १६ गते भएको मौखिक समझदारीबाट बंगलादेश पछि हटेको कृषि तथा पशुपन्छी विकास मन्त्रालय स्रोतले बतायो ।
‘मल ल्याउने मोडालिटीबारे दुई देशबीचमा यसअघि भएको समझदारीअनुसार अघि बढ्न सकिएन अब नेपालले बंगलादेशसंग मल किन्नु पर्ने भएको छ,’ मन्त्रालय स्रोतले भन्यो ।
नेपालले अब सरकारी तहबाटै मल किन्नु पर्ने अवस्था आएको ती अधिकारीले बताए । पैंचोमा मल दिन बंगालेदेशले अविश्वास गरे जस्तो देखिएपछि अब मल किन्नै पर्ने अवस्थामा पुगिएको ती अधिकारीले बताए ।
प्रतिकृया दिनुहोस्