Tuesday, September 28

नेपालमा को’रोनाबाट पहिलो मृ’त्युः ९ दिनको छोरा छा’डेर गएकी थिइन सावित्री, सुरुसुरुमा छोरो रुँदा आफू पनि रुन्थे बिमल..

May 17, 2021 696

खाटमा छोरो रोइरहेको छ। उनी हतारहतार तातोपानीमा ल्याक्टोजिन घोल्दैछन्। तयार भएपछि छोरोलाई खुवाउन थाल्छन्। पेट भरिँदै आएपछि एक वर्षको छोरोको अनुहारमा मोहक मुस्कान देखिन्छ। उनी फुरुङ्ग पर्छन्। तर, कहिलेकाहीँ छोरोको यही मुस्कानले उनलाई जीवनकै भयानक दुःस्वप्नको याद दिलाउँछ।

किनभने उसको मुस्कान उनकी दि’वंगत पत्नीसँग दु’रुस्तै मिल्छ। अनि उनको मुटुको गाँठो क’स्सिँदै जान्छ र आँखाबाट आँसुको भेल बग्छ। एक वर्ष भयो– सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका विमल चालिसेले मुटुको त्यो गाँठो फु’काउन सकेका छैनन् ।२०७७ साल जेठ १ गते उनले आफ्नी पत्नी सावित्रीलाई गुमाएका थिए। नेपालमा को’रोना संक्रमणका कारण ज्यान गुमाउने पहिलो व्यक्ति थिइन् सावित्री।

‘यसको अनुहार ठ्याक्कै आमाचैँको जस्तै छ,’ ३५ वर्षे विमलले भने, ‘उसकी आमा पनि ऊजस्तै थिई, शान्त र हँसिली।’ छोराको नाम उनले सफल राखेका छन्। ‘आमा बि’त्दा यो ९ दिनको मात्र थियो,’ विमलले टोलाउँदै भने। यो एक वर्ष उनले नचिताएको दुःख भोगे।

सुरुसुरुमा छोरो रुँदा किन रोयो, उनी मेसो पाउँदैनथे। अनि आफू पनि रुन थाल्थे। अहिले भने छोरालाई के चाहिएको हो, बुझ्न थालेका छन्। उनले छोरालाई कतिबेला के खुवाउने भनेर एउटा ‘रुटिन’ बनाएका छन्। उनी त्यही पालना गर्छन्। सफलको बोली फुट्न थालेको छ।

तोतेबोलीमा ‘बाबा’ भन्न सक्ने भएका छन्। विमल पनि छोरासँगै चि’च्याउँछन्। ०७७ वैशाख २४ गते काठमाडौँको टिचिङ अस्पतालमा जन्मिएका थिए सफल। को’रोना संक्रमण बढ्न नदिन भन्दै चैत ११ गतेदेखि नै सरकारले देशव्यापी लकडाउन गरेको थियो ।गोंगबु बस्ने सावित्री र विमल सु’त्केरी हुने मिति आएपछि वैशाख २३ गते हिँडेरै टिचिङ पुगेका थिए। बैशाख २३ गते।

२४ गते दिउँसो ४ बजे बच्चा जन्मियो। अस्पतालले २५ गते डिस्चार्ज ग¥यो। लकडाउनका बेला सु’त्केरीलाई स्याहार र खा’न्कीको व्यवस्था गर्न पनि कठिन हुने देखेर गाउँ जानै निको ठाने विमल र सावित्रीले। २६ गते घरसम्मै पुग्ने एउटा एम्बुलेन्स आइपुग्यो ।उनीहरु त्यसैमा गाउँ गए।

सावित्रीको अवस्था राम्रै थियो। भर्खर सु’त्केरी भएको र लामो यात्रा गरेकोले अलिअलि असहज भए पनि ठूलो समस्या देखिएको थिएन। आमा र बच्चा दुवै सामान्य थिए। तर, वैशाख ३१ गते सावित्रीलाई रुघाखोकीसहित ज्वरो आयो। अनि गाउँमै रहेको स्वास्थ्य केन्द्रमा लगेर जँचाए।

स्वास्थ्य केन्द्रले कोरोना हुनसक्ने भन्दै बाह्रबिसे अस्पतालमा लगेर परीक्षण गर्न सुझाव दियो। उनीहरु घर फर्किए। कोरोना भएको हुनसक्ने आशंका गरिएपछि प्रहरीदेखि अन्य विभिन्न व्यक्तिहरुले विमललाई फोन गरे र गाउँमा नराख्न सुझाव दिए। फोनमा त्यो संवाद सुनेकी सावित्री डराउन थालिन्।

उनीहरु एम्बुलेन्स बोलाएर बाह्रबिसेतर्फ लागे। ‘मलाई खासै गाह्रो भएको छैन, केही दिनमा सन्चो हुन्छ भन्दै थिइन्,’ विमलले सावित्रीको भनाइ सम्झिए, ‘तर परीक्षण गराउन भनेर एम्बुलेन्समा राखेको केहीबेरमा सावित्रीलाई गाह्रो हुन थाल्यो। बाह्रबिसे पुग्दा त्यहाँ उपचार गर्न सकिँदैन भनेर काभ्रेको धुलिखेल पठायो।

अनि बाटोमा उनलाई झन् च्याप्यो। धुलिखेल अस्पतालको गेटमा पुगेपछि एम्बुलेन्सभित्र ५ मिनेटजति राखिएको थियो। म गएर हेर्दा त सावित्री चिसो भइसकेकी थिइन्। मैले शरीर चलाएँ। लुलो भएजस्तो लाग्यो।’ सावित्रीलाई मनोवैज्ञानिक असर पनि परेको विमलको अनुमान छ।

‘को’रोना भनेपछि त्यो बेला सात्तै जान्थ्यो, त्यसमाथि मानिसहरुले फोनमा गरेका कुरा सावित्रीले सुनेकी थिइन्, सायद उनलाई थप पी’डा त्यसले दियो,’ विमलले भने। धुलिखेल अस्पतालका डाक्टरहरुले भित्र लगेर उपचार प्रयास गरे। तर, ५ मिनेटपछि उनको मृ’त्यु भइसकेको घोषणा गरे।

विमलले केही देखेनन्। हातमा ९ दिनको बच्चा लिएकोले उनले यताउता अ’डेस लाग्ने ठाउँ खोजे। एकजना आफन्त आएर उनलाई अंगालो हालेकोसम्म याद छ त्यसपछि केहीबेर उनले केही थाहा पाएनन्।

कहालीलाग्दो ४८ घण्टाजेठ १ गते बेलुका ९ बजेतिर सावित्रीको मृ’त्यु भएपछि विमलको अन्धकारका दिन सुरु भए। विमलले पत्नीको श’व ओल्टाइपल्टाई गरे। सु’मसुम्याए। र, बच्चा बोकेर नजिकै बसे। बच्चा बेला बेलामा नि’कै रुन्थ्यो। सावित्रीकी आमा पनि धुलिखेल अस्पतालमै थिइन्।

अस्पतालले को’रोनाको कारण मृ’त्यु भएको र वरिपरि राख्दा स’र्नसक्ने ख’तरा रहेको भन्दै भोलिपल्ट जेठ २ गते सावित्रीको श’वलाई श’वगृहमा लैजान भन्यो। श’वलाई विमल आफैँले एम्बुलेन्समा राखे। सावित्रीको कोरोनाको रिपोर्ट आएको थिएन। जेठ ३ गते बिहान रिपोर्ट पोजिटिभ आयो।

शवलाई ओ’ल्टाइपल्टाई गरेका विमल लगायतका परिवारका सदस्य क’न्ट्याक्ट ट्रेसिङमा परे। उनीहरुको पनि को’रोना परीक्षण गरियो। सावित्रीको मृ’त्यु को’रोनाकै कारण भएको पुष्टि भएपछि श’व व्यवस्थापन अरुले गर्न नपाउने भए। नेपाली सेनालाई खबर गरियो। बेलुका ४ बजे बल्ल सेनाको टोली पुग्यो। त्यो टोलीले यताउता गरेर ६ बजायो।

विद्युतीय श’वदाह गृहमा जलाउन श’व काठमाडौँ ल्याइयो। विमल अर्काे गाडीमा पशुपति आए। एक त को’रोनाबाट भएको पहिलो मृ’त्यु, सेनाले निकै क’डाइ ग¥यो। शव विद्युतीय श’वगृहभित्र पु¥याएको विमलले निकै टाढा बसेर हेरे। पत्नीलाई अन्तिम विदाई गर्न पनि पाएनन्। त्यहाँबाट विमल घरतिर लागे। राति २ बजे घर पुगे। भोलिपल्ट उनीहरु ४ जनाको को’रोना रिपोर्ट नेगेटिभ आयो। शिशुको रिपोर्ट पनि नेगेटिभ थियो।

आमाको भूमिकामा विमलसावित्रीको मृ’त्युको शो’कमा परेका विमलले दूधे बालकको हेरचाह पनि गर्नुपर्ने भयो। विस्तारै बच्चालाई ल्या’क्टोजिन र भैँसीको दूधमा बानी पारे। आमा खोजेर बच्चा निकै रुन्थ्यो। उनी आमाले झैँ सफललाई शान्त गराउन प्रयास गर्थे। त्यो काम अहिलेसम्म जारी छ।

सावित्रीको मृ’त्यको झण्डै दुई महिनापछि असारको अन्त्यतिर सफल बि’रामी परे। उपचार गराउन दौडाएर धुलिखेल अस्पताल ल्याए। ल्या’क्टोजिनको मात्रा नमिलेर सन्चो नभएको डाक्टरले बताए। धुलिखेलबाट सफल र ११ वर्षका छोरा युनिकलाई लिएर विमल काठमाडौँ आए।

पुरानै कोठामा गए। दुईवटा छोराको रेखदेखमा ख’टिए। दसैँमा उनी गाउँ गए। फेरि केही समय बसेर पुसमा काठमाडौँ आए। युनिकलाई अनलाइन कक्षा पढाइरहेका थिए। कोरोनाको दोस्रो लहर सुरु भएपछि सरकारले वैशाख १६ गतेदेखि नि’षेधाज्ञा ग¥यो। विमल १३ गते गाउँ फर्किए। अहिले उनी गाउँमै आमा र दुई छोरासँग बसिरहेका छन्।

सफल हजुरामालाई नै आमा भनेर बोलाउँछन्। १ वर्षका सफल र १२ वर्षका युनिकलाई एक्लै हु’र्काइरहेका विमल आफूले राज्यबाट कुनै सहयोग नपाएको गुनासो गर्छन्। ‘मेरो अवस्था नाजुक नै छ, अहिलेसम्म कहीँकतैबाट सहयोग पाएको छैन,’ विमलले भने, ‘हुन त ३५ वर्षको ज’वान हुँ। तर, केही गर्न नपाई बच्चा हु’र्काइरहँदा साथ सहयोगको अपेक्षा त हुने नै रहेछ।’

एक वर्षमा को’भिड–१९ बाट नेपालमा ५ हजारभन्दा धेरैको ज्यान गइसकेको छ। म’हामारीको झनै घा’तक दोस्रो लहर चलिरहँदा मुलुकलाई त’हस न’हस पारेको छ। जीवन र जीविकोपार्जन जोगाउनु नै सबै नेपालीको मुख्य चु’नौती बनेको छ। विमलको चि’न्ता पनि उही छ– कसरी आफ्ना दुई बच्चा र आमालाई बचाउँदै परिवारको जीविका चलाउने? नेपाल खबरमा सागर न्यौपानेले लेखेका छन् ।

प्रतिकृया दिनुहोस्