Thursday, June 24

कोरोना संक्रमणपछि कति महिनासम्म एन्टिबडी रहन्छ ? यसो भन्छन् विज्ञ

May 18, 2021 206

मानिसहरूलाई कोरोना भाइरसबाट बच्न खोप दिइने विषयमा चर्चा चलिरहेको छ । ताकि भविष्यमा यस रोगको जोखिम कम गर्न सकिन्छ। यसैबीच, इटालियन अनुसन्धानकर्ताहरूले यस रोग पछि शरीरमा एन्टिबडीको बारेमा महत्त्वपूर्ण जानकारी दिएका छन्।

उनले बताए कि कोभिड १९ संक्रमित भएपछि कोरोना बिरूद्ध एन्टिबडीहरू बिरामीको रगतमा आठ महिनासम्म रहन्छन।

मिलानको सान राफेल अस्पतालको अध्ययनले यी एन्टिबडीहरू रोगको गम्भीरता, बिरामीको उमेर वा रोगको बावजुद रगतमा रहने देखाएको छ। विज्ञहरू भन्छन् कि जबसम्म शरीरमा कोरोनाबिरूद्ध एन्टबडीहरू रहन्छन् तबसम्म भाइरसको जोखिम समाप्त हुन्छ।

अन्वेषकहरूले इटालीको आइएसएस राष्ट्रिय स्वास्थ्य संस्थानको सहयोगमा काम गरिरहेका छन्। अध्ययनको लागि, उनले १६२ बिरामीलाई कोरोना भाइरसका लक्षणहरू देखिएको विरामीहरुलाई सहभागी गराए । जुन गत साल पहिलो लहरको दौरान इमर्जेन्सी रुममा राखिएको थियो ।

उनीहरूको रगतको नमूनाहरू मार्च र अप्रिलमा पहिलो पटक लिइएको थियो र त्यसपछि नोभेम्बरमा पुनः रगतको स्याम्पल लिइएको थियो । जसमध्ये करिब २९ बिरामीहरूको मृत्यु भएको थियो ।

आईएसएसले सार्वजनिक गरेको बयानमा अनुसन्धानकर्ताहरूले भने कि कोरोना पोजिटिभ पाएपछि यी बिरामीहरूको शरीरमा रोग लड्ने एन्टबडी भेटिए। ती मध्ये केवल तीन बिरामीहरू देखिए जसको शरीरमा लामो समयसम्म एन्टबडी थिएन ।

यो अध्ययन ‘नेचर कम्युनिकेशन्स साइन्टिक्स जर्नल’ पत्रिमा प्रकाशित भएको थियो । अध्ययनमा, अन्वेषकहरूले कोरोना भाइरसबाट पुनः प्राप्तिमा एन्टिबडीको विकासको महत्त्वमाथि पनि जोड दिएका छन्।

अन्वेषकहरूले कोरोनाबाट गम्भीर बिरामी परेका बिरामीहरूको बारेमा विशेष जानकारी पनि दिए। उनीहरूले बिरामीको इन्फेक्सनको १५ दिनमा एन्टिबडी बनाउन असफल भएको थियो जसमा कोभिड १९ का घातक रूप विकसित भएपछि जोखिम बढी थियो ।

यस अध्ययनमा दुई तिहाइ पुरुषहरूलाई पनि सहभागी गराइएको थियो । जसको औसत उमेर ६३ वर्ष थियो।

जसमध्ये करिब ५७ प्रतिशत बिरामीहरू त्यस्ता थिए जो पहिले नै कुनै रोगको सिकार थिए। उनीहरु मुख्यतया उच्च रक्तचाप र मधुमेह रोगी थिए।

डाक्टरहरू भन्छन् कि हाम्रो प्रतिरक्षा प्रणालीलाई कहिले र कसरी शरीरमा नयाँ एन्टिबडीहरू बनाउने भन्ने कुरा याद हुन्छ । एन्टिबडी प्रोटीनहरू हुन् जुन बी कोषिकाहरूले भाइरसलाई समाप्त गर्दछ ।

विज्ञहरू विश्वास गर्छन् कि पहिलो पटक भाइरस संक्रमित भएको बेला शरीर सजिलैसँग लड्न सक्षम हुँदैन, तर दोस्रो संक्रमणमा शरीरको प्रतिरक्षा प्रणाली यसको सामना गर्न पूर्ण रूपमा प्रशिक्षित छ र पहिले भन्दा राम्रो एन्टिबडी उत्पादन गर्दछ।

प्रतिकृया दिनुहोस्