Sunday, November 29

कोरोनाबाट दिनप्रति दिन मृत्यु हुनेको संख्या एक हजार नग्दै

November 3, 2020 110

काठमाडौं । मुलुकमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या एक हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहीबेर अघि मात्र सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा मुलुकमा थप २० जनाको कोरोनाका कारण ज्यान गएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कूल संख्या १ हजार ४ पुगेको छ । नेपालमा पहिलोपटक कोरोनाबाट गत जेठ ३ गते सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका राम्चेकी खडका थरकी नौ दिनको एक सुत्केरीको उपचारका क्रममा काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्