Monday, June 21

नेपालमा पनि देखा पर्यो कोभिड भएका बिरामीहरुमा आखा बिगार्ने घातक कालो ढुसीको सङ्क्रमण, कसरी जोगिने ?

May 23, 2021 465

कोभिड-१९ भएका बिरामीमा आँखा बिगार्ने म्यूकोर्माइकोसिस अर्थात् एक प्रकारको खतरनाक ढुसीको सङ्क्रमण नेपालमा पनि फाट्टफुट्ट देखा परेको स्वास्थ्य अधिकारीहरूले पुष्टि गरेका छन्।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीवार बीबीसीसित भने, “नेपालमा पनि फाट्टफुट्ट देखिएको छ।

अहिलेसम्म हामीकहाँ तीन-चारवटा रिपोर्ट आएको छ।”उनका अनुसार काठमाण्डू र सीमावर्ती सहर वीरगन्जका बिरामीमा त्यो समस्या देखिएको पुष्टि भएको छ। भारतका विभिन्न सहरका कोभिड बिरामीमा त्यो विरल सङ्क्रमण देखिएको पाइएको र कतिपयले आँखा नै गुमाएको विवरण एक साताअघि आएको थियो। म्यूकर्माइकोसिस कसरी हुन्छ?

 

काठमुलुकभर ८ हजार ९८० जना नयाँ कोरोना संक्रमित थपिए, १२९ को मृत्यु

नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ८ हजार ९८० जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर २० हजार १०५ जनाको पीसीआर–एन्टिजेन परीक्षण ८ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१९ हजार ३५७ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ८ हजार ५९१ र ७ सय ४८ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर ८ हजार ९८० जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ८४८ संक्रमित निको भए, १२९ को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८४८ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ८ हजार ८४८ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ८ सय ८६ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २० हजार १०५ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २८ लाख ९७ हजार ५०३ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप १ सय २९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार १५३ पुगेको छ ।

प्रतिकृया दिनुहोस्