Thursday, June 24

काठमाडौ उपत्यकामा निषेधाज्ञा एक साता थप गर्ने तयारी

May 24, 2021 185

काठमाडौ । काठमाडौ उपत्यकामा जारी निषेधाज्ञा एक साता थप गर्ने तयारी गरिएको छ ।

कोभिड संक्रमण नघटेपछि पुनः एक साता निषेधाज्ञा थप्‍ने तयारी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।

काठमाडौँ जिल्लामा अझै दैनिक १५ सयमाथि संक्रमित थपिएका छन् । मृत्यु पनि २५ जनाभन्दा बढीको भएकाले तत्कालै निषेधाज्ञा खुकुलो हुने अवस्था नरहेको उहाँले बताउनुभयो ।

पहिलो चरणको वैशाख १६ गतेदेखि एक साताका लागि निषेधाज्ञा लागू भएको उपत्यकामा त्यसपछि दुई पटक समय थप गरिएको थियो । पछिल्लो पटक लगाइएको निषेधाज्ञा जेठ १३ गते राती १२ बजे सकिदैछ ।

 

प्रतिकृया दिनुहोस्