Thursday, June 24

भर्खर आयो काठमाण्डौबासीको यस्तो खबर।

May 25, 2021 511

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ८२१ संक्रमित थपिएका छन् । उपत्यकाका ३ जिल्लामध्ये भक्तपुरमा ३६६, ललितपुरमा ६९४ र काठमाडौंमा १ हजार ७६१ गरी कुल २ हजार ८२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको प्रेस ब्रिफिङमा जानकारी दिए ।पछिल्लो २४ घण्टामा देशभर भने ७९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ९६५ नमुना पीसीआर विधिबाट परीक्षण भएको छ भने ९३१ नमुना एन्टिजेन विधिबाट भएको छ । जसमा ७ हजार ५९८ जनाको पीसीआर विधि र एन्टिजेन विधिबाट ३१६ जनामा संक्रमण पुष्टि भएको हो ।हाल देशभर १ लाख १५ हजार ५४७ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

जसमध्ये संस्थागत आइसोलेशनमा ७ हजार ३४९ जना र होम आइसोलेशनमा १ लाख ८ हजार १९८ जना रहेका छन् ।मन्त्रालयले पछिल्लो २४ घण्टामा १९३ जनाको मृत्यु भएको जनाएको छ । यस्तै देशभर ७ हजार ६६४ जना निको भएका छन् ।

प्रतिकृया दिनुहोस्