Thursday, November 26

बाइक पराखीहरुको लागि होन्डा सिबी १५० आर एक्समोसन जसले यामाहा एमटी १५ सँग प्रतिस्पर्धा गर्छ कस्तो छ त ?

November 3, 2020 340

काठमाडौं । होन्डाले नेपाली बजारमा कम्यूटर सेग्मेन्टदेखि निकै महंगा मोटरसाइकलको बिक्री गर्दै आएको छ । तर, विश्व बजारमा निकै चर्चामा रहेका र सफलता चुमेका केही यहाँ बिक्री हुन सक्ने मोडल समेत नेपाल ल्याएको छैन ।

यस्तोमा हामीले होन्डाले १५० सीसी क्षमताको नेपाल ल्याउन सक्ने मोडलको विषयमा जानकारी दिने प्रयास गरेका छौं । होन्डा सिबी १५० आर एक्समोसन मोडल अन्तर्राष्ट्रिय बजारमा निकै रुचाइएको मोडल हो । होन्डाले यसलाई नेपाल भने ल्याएको छैन । कम क्षमताको भएरपनि यो प्रिमियम मोटरसाइकल हो । यसलाई नेपाली बजारमा ल्याउने हो भने यसले मूल्य, पावर, स्टाइल र पर्फमेन्सको आधारमा केटीएम ड्यूक १२५ र यामाहा एमटी १५ सँग सिधा प्रतिस्पर्धा गर्ने छ ।

होन्डा सिबी १५० आर एक्समोसन होन्डाको १५० सीसी सेग्मेन्टमा निकै पावरफुल मोटरसाइकलमा पर्छ । यसमा कम्पनीले १४९.१६ सीसी, सिंगल सिलिण्डर, लिक्विड कुल्ड, फोर भल्भ डिओएचसी इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ९००० आरपीएममा १७.१ पीएस पावर र ७००० आरपीएममा १४.४ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड गियरबक्स दिइएको छ ।

होन्डाले सिबी १५० आर एक्समोसनमा डायमण्ड टाइप फ्रेम दिइएको छ भने अगाडि ४१ एमएम यूएसडी फर्क र पछाडि मोनोशक दिइएको छ । मोटरसाइकललाई सुरक्षीत बनाउन यसको दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ । यसमा अगाडि चक्कामा २९६ एमएम डिस्क र पछाडि २२० एमएम डिस्क ब्रेक रहेको छ । साथै, यसमा डबल च्यानल एबीएस उपलब्ध रहेको छ ।

होन्डा सिबी १५० आर एक्समोसनको ह्वीलवेस १२९६ एमएम, ग्राउन्ड क्लियरेन्स १३९ एमएम, ८.५ लिटरको फ्यूल ट्याङ्की, ७९५ एमएमको सिट हाइट रहेको छ । मोटरलाइकलको तौल १२५ केजी रहेको छ ।

पूर्ण डिजिटल इन्ट्रुमेन्ट कन्सोल उपलब्ध रहेको यो मोटरसाइकलमा एलइडी हेडल्याम्प, एलइडी टेल ल्याम्प जस्ता आधुनिक फिचर यसमा पाउन सकिन्छ । यदि यो मोटरसाइकल नेपाल आउने हो भने ४ लाख ५० हजार हाराहारीमा खरिद गर्न सकिने अनुमान गर्न सकिन्छ ।

source:aajanepal

प्रतिकृया दिनुहोस्