Wednesday, December 2

‘रेड वाइन’ मा अब पल शाह र साम्राज्ञी राज्यलक्ष्मी शाहसंगै काम गर्ने भए

November 4, 2020 121

काठमाडौं – कलाकार पल शाह र साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्ममा काम गर्ने भएका छन् । ‘रेड वाइन’ नामक फिल्ममा यी दुईले  श्रीमान श्रीमतीको  शीर्ष भूमिका निभाउने भएका छन् ।फिल्मको निर्देशन रमेश एमके पौडेलले गर्ने जनाइएको छ यो फिल्मबाट पौडेलले निर्देशनमा डेब्यु गर्दैछन् ।

त्यस्तै फिल्मको छायांकन अमेरिकामा हुने जनाइएको छ । साथै फिल्ममा सन्दीप क्षेत्रीको पनि शीर्ष भूमिका रहनेछ ।आर्यन फिल्मस् प्रोडक्सन प्रालि र बोधी एचडीले निर्माण गन लागेको यो फिल्मलाई सबिर श्रेष्ठले लेखेका हुन् । यो फिल्मको छायांकन तिहार पछी हुने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्