Saturday, December 5

आईपीएलमा बलियो मुम्बईलाई हराउदै हैदरावाद प्लेअफमा

November 4, 2020 120

यूएईमा जारी १३ औँ सिजनको आईपीएल अन्तर्गत लिग चरणको अन्तिम खेलमा मुम्बई इण्डियन्सलाई १० विकेटले पराजित गर्दै सनराइजर्स हैदराबाद प्लेअफमा पुग्ने चौथो टिम बनेको छ । यो संगै १३ औं सिजनमा प्लेअफमा पुग्ने टिमको टुंगो लागेको छ ।

शारजाहमा मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य पछ्याउने क्रममा उत्कृष्ट ब्याटिंग गर्दै हैदराबादले सहज जित निकालेको हो । हैदराबादको जितमा कप्तान डेविड वार्नर र रिद्दीमान शाहले अर्धसताकिय पारि खेले । जसमा वार्नरले सर्वाधिक ८५ रन बनाए भने शाहले ५८ रन बनाए । बलिंग तर्फ मुम्बईका सबै बलरहरु विकेट बिहिन रहे ।


त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनायो । मुम्बईको पारीमा किरण पोलार्डले ४१ रन, सूर्यकुमारले ३६, इशान किशनले ३३, क्विन्टन डीककले २५ रन बनाए । बलिङमा सन्दीप शर्माले ३, जेसन होल्डर, शाहबाज नदीमले २/२ र राशिद खानले विकेट लिए ।


मुम्बईको प्लेइङ- ११ : रोहित शर्मा (कप्तान), क्विन्टन डिकक, इशान किशन, सूर्यकुमार यादव, सौरभ तिवारी, किरण पोलार्ड, कृणाल पांड्या, नाथनकुल्लटर नाइल, राहुल चहार, जेम्स प्याटिन्सन र धवल कुलकर्णी ।

हैदराबादको प्लेइङ-११ : डेविड वार्नर (कप्तान), ऋद्धिमान साह, केन विलियम्सन, मनीष पाण्डे, अब्दुल सामद, प्रियाम गर्ग, जेसन होल्डर, राशिद खान, शाहबाज नदीम, सन्दीप शर्मा र थांगारासु नटराजन ।

source: सडक मिडिया

प्रतिकृया दिनुहोस्