Tuesday, August 16

समय र शब्द यो दुबैले एकदम बचाएर खर्च गर्नुहोला, किनकी निसिक्य पछि यो दुबै फर्कियेर आउँदैनन – मनछुने भनाई

June 11, 2021 883

१) जब मित्रले प्रगती गर्छ तब गर्वले भन्नुस कि त्यो मेरो मित्र हो र जब मित्र समस्यामा पर्छ तब पनि गर्वले भन्नुस, कि यो मेरो मित्र हो तब मात्र मित्रको सार्थकता हुन्छ ।

२) आमालाई तपाईले सुन चाँदी हिरा मोति दिएर खुशी पर्न सक्नु हुन्न, यदी खुशी पार्नु नै छ भने बस यति सोध्नुस कि आमा तपाईलाई कस्तो छ ?

३) कसैको पीडा देखेर तेस्लाई महसुस गर्ने मन हुनु त ठिक हो, तर बिपत्ति पर्दा दुख र पीडाको बाढी आउदा पनि पहाड जस्तै अगाडी र अटल बनेर तेस्लाई सामना गर्ने हुनु पनि जरुरि छ ।

४) ठुलो स्वरमा त त्यो चिलालाउछन जस्लाई झुट बोल्नु छ किनकी सत्य त बिस्तारै बोले पनी त्यसको गुंजलाई कसैले दबाउन सक्दैन

५) जति राम्रो संग तपाई अरुसंग अरुको श्रीमतीसंग अरुको आमा बुबा संग अरुको बाल बच्चासंग बोल्नु हुन्छ, त्यतिनै राम्रो संग जुन दिन बाट तपाई आफ्नो घर परीवार संग बोल्नु सुरु गर्नु हुन्छ त्यो दिन बाट तपाइको घर स्वर्ग हुने छ ।

६) सम्झौता बनाईयको सम्बन्ध स्वार्थ रहे सम्म मात्र टिक्छ, तर प्रेमले बनाईएको सम्बन्ध अन्तिम सास रहे सम्म टिक्छ ।

७) समय र शब्द यो दुबैले एकदम बचाएर खर्च गर्नुहोला, किनकी निसिक्य पछि यो दुबै फर्कियेर आउँदैनन ।

८) रिस एउटा येस्तो जाल हो जसमा फस्ने पनी तपाई नै हो, उल्झिने पनि तपाइनै हो र पछि पछुताउने पनि तपाई नै हो, त्यसैले जब जब रिस उठ्छ तब तब रिसलाई भन्नुस कि अब म तेरो जालमा फस्ने वाला छैन ।

९) कुनै पनि चिज जब टुट्छ तब भगवानले तेसलाई अझै राम्रो रुप दिने गर्नु हुन्छ, जसतै जब बादल टुट्छ तब पानी वर्षाई दिनु हुन्छ जब माटो टुट्छ तब खेत बनाई दिनु हुन्छ, जब बिउ टुट्छ तब एउटा नयाँ बिरुवा बनाई दिनु हुन्छ, तेसैले जब जिन्दगीमा तपाईले आफुलाई टुटेको महसुस गर्नु हुन्छ तब बिश्वास गर्नुस, भगवानले तपाईलाई एउटा नयाँ स्वरूप दिन खोज्दै हुनहुन्छ ।

१०) जो मान्छे जिन्दगीमा हद भन्दा हद पिडा पाएको हुन्छ त्यो मान्छे कहिलै रुदैन बस चुपचाप बस्ने गर्छ, किनकी उस्ले रुदा रुदा पिडालाईनै जिती सकेको हुन्छ ।

११) जीवनमा जईले पनि महान कार्यहरु तागतले हईन निरन्तर प्रयासले सफल पार्ने गर्छ ।

१२) आजको युगमा जो सबैभन्दा कम बोल्न सक्छ, उसैले आफ्नो इज्जतलाई सबै भन्दा लामो समय सम्म बचाउन सक्छ ।

१३) जुन दिन मान्छेले अरुको मन संग खेल्न छोडी दिन्छ, त्यहि दिन बाट नै यो दुनियाँमा कुनै पनी सम्बन्ध अधुरो रहने छैन ।

१४) तपाई आफै लड्नु र अरुले तपाईलाई लडाउनु यसले कुनै फरक पर्दैन, किनकी लड़नुले हैन लडेपछि उठ्नुले तपाईको जीवनमा फरक पार्ने गर्छ ।

१५) कहिले पनि कुनै चिजको प्रखाईमा न बस्नु , किनकी जिन्दगी तपाइले सोचेको भन्दा धेरै तेज गतिमा दौडिने गर्छ ।

प्रतिकृया दिनुहोस्