Thursday, November 26

सरकारले भर्खरै यस्तो निर्णय जारी गर्यो ,लाखौलाई पर्ने भयो यसको असर : सारा नेपालीको लागि दुःखद समाचार

November 4, 2020 232

स्वास्थ्य मन्त्रालयले शुक्रराज ट्रपिकल अस्पताल टेकुमा भर्ना हुने कोरोना संक्रमित बिरामीको लागि उपचार शुल्क तालिका सार्वजनिक गरेको छ।सार्वजनिक शुल्क गत शुक्रबारदेखि लागू भएको छ। भेन्टिलेटर आवश्यक पर्ने जटिल अवस्थाका कोरोना संक्रमितलाई आइसियूमा भर्ना गर्न ५० हजार धरौटी बुझाउनु पर्नेछ।मन्त्रालयका अनुसार त्यसको दैनिक खर्च भने १५ हजार लाग्नेछ। त्यसैगरी भेन्टिलेटरबिनाको आइसियू र क्याबिन आइसोलेसनमा भर्ना हुन परेमा ३० हजार धरौटी बुझाउनुपर्नेछ। त्यसको दैनिक खर्च भने ७ हजार ५ सय हुनेछ।मध्यम जटिल अवस्थाका बिरामीहरूका लागि ग्यास्ट्रो आइसोलेसनमा भर्ना गर्न परेमा २० हजार धरौटी बुझाउनुपर्नेछ भने दैनिक तीन हजार ५ सय खर्च लाग्नेछ।

यो पनि पढ्नुहोस:पर्याप्त सेवा सुविधाको अभावलगायत विभिन्‍न कारणले तालिमप्राप्त प्रहरी कर्मचारीले बीचैमा जागिर छाड्ने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयले नै हवल्दार तथा जवानहरुको मनोबलको वर्तमान अवस्था, कारक तत्त्व तथा उत्प्रेरणा अभिवृद्धिका क्षेत्रहरुसम्बन्धी अध्ययनमा यस्तो उल्लेख गरिएको छ । प्रहरीमा प्रत्येक दिन सातजना तल्लो दर्जाका कर्मचारीले जागिर छाड्ने क्रम बढेपछि प्रहरी प्रधान कार्यालयले त्यसबारे अध्ययन गरेको थियो ।

अध्ययनमा भनिएको छ ,“प्रहरी सेवामा रहेर घर परिवारलाई समय दिन नपाएको र घर व्यवहार मिलाउन नसकेको कारणले पनि पेन्सन अवधि पूरा भएपछि राजीनामा दिने गरेको देखिन्छ । घरायसी समस्या समाधान हुन नसक्नुमा कार्यालयबाट पर्याप्त मात्रामा बिदा नपाउने र घरपायक सरुवा नहुने आदि कारणले समेत भूमिका खेलेको देखिन्छ ।”

बहिर्गमन सर्वेक्षणमा पेन्सन अवधिसमेत नपुगी राजीनामा जाने प्रहरी जवानहरुले पेन्सन अवधि २० वर्ष भएको, संगठनमा रहेर पारिवारिक आर्थिक अवस्था सुदृढ हुन कठिन रहेको बताएका छन् ।वैदेशिक रोजगार एवं अन्य पेसा व्यवसायको अवसर प्राप्त भएकाले सेवाबाट अलग भएको धारणासमेत प्रहरी कर्मचारीले राखेको अध्ययनमा उल्लेख छ ।

बहिर्गमन सर्वेक्षणमा सहभागीहरुले भविष्यमा संगठनले गर्नुपर्ने सुधारका कार्यहरुमा सेवा सुविधा वृद्धि, वृत्ति विकासको अवसर, बाह्‍य हस्तक्षेप नियन्त्रण, भौतिक पूर्वाधारमा सुधार, पेन्सन अवधि १६ वर्ष हुनुपर्ने उल्लेख गरेका छन् ।बहिर्गमन सर्वेक्षण

source:thebuddhakhabar

प्रतिकृया दिनुहोस्