Thursday, November 26

गायिका अन्जु पन्तको जीवनमा आधारित चोखो माया गीतको भिडियो आयो

November 4, 2020 131

गीतकार ईन्दिरा बोगटीको आधुनिक गीत चोखो मायाको भिडियो सार्बजानिक भएको छ र भिडियोमा मोडेल दिपेन्द्र सोनाम र चर्चित नायिका केकी अधिकारीको दम्दारअभिनय रहयको । पछिल्लो समय गीत लेखनबाट चर्चामा रहेकी गीतकार ईन्दिरा बोगटीको आधुनिक गीत”चोखो माया” को भिडियो सार्वजनिक भएको छ ।
उक्त गीतलाई चर्चित गायिका अन्जु पन्त र गायक मोडल दिपेन्द्र सोनामले गाएका छन् ।

उक्त गीतको भिडियोमा मायामा शंका उत्पन्न भएपछी आउने उतार चढावलाई देखाईको छ भन्छन निर्देशक सुब्रतराज आचार्य । गीतलाई गायक संगीतकार चिरन्जीवी भण्डारीले संगीत गरेका हुन । गीतलाई सन्जिब बराईली’ले संगीत संयोजन गरेका छन । भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् ’ उत्सब दाहाल’ले छायांकन गरेका हुन् ।

भिडियोमा भरत रेग्मीको सम्पादन रहेको छ । गीतको भिडियोले आम दर्शक स्रोताको मन जित्नेमा गीतकार समाजसेवी ईन्दिरा बोगटी ढुक्क छिन। गीतको भिडियो ईनाक्षि ईन्टर टेनमेन्ट युट्युब च्यानलमा हेर्न सकिन्छ।

प्रतिकृया दिनुहोस्