Saturday, December 5

अमेरिकाको चुनाबी माहोलमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछी पार्दै बिडेन जितको नजीक

November 4, 2020 1222

राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक प्रतिस्पत्दी बिडेनले बुधबार प्रत्येक अमेरिकाको नागरिकले अमेरिकाको प्रतिस्पर्धी राष्ट्रपति चुनावमा सम्भावित जीतको लागि साँघुरो बाटोको सामना गरे जुन छुरा पातलो अन्तरले निर्धारण हुनेछ। जर्जिया, मिशिगन, नेभाडा, उत्तरी क्यारोलिना, पेन्सिलभेनिया र विस्कन्शिन भन्ने छ वटा राज्यको साथ – बिडेनलाई जित्न कम्तिमा तीन इलेक्टोरल चाहिन्छ भने ट्रम्पलाई कम्तिमा चारवटा चाहिन्छ।

यहाँ ट्रम्प र बिडेनको जितको बाटो देखाईएको छ :

ट्रम्प

ट्रम्पको जीतको लागि सम्भवतः पेन्सिलभेनिया मुख्य अस्त्र हो, जुन उनले २०१६ मा क्यारी गरेका थिए । यदि उनले पेन्सिलभेनियामा जिते भने उनले २७० इलेक्टोरल पाउन अन्य ३ ठुला चुनावी रणभूमिमा जीत हासिल गर्नुपर्नेछ। यदि उनले पेन्सल्भेनिया जितेनन् भने बाँकी ५ वटा प्रान्तमा जित्नुपर्नेछ ।

ट्रम्पले पेन्सिलभेनियामा ७५ % मतगणना गर्दा पहिलो इस्थान लिईसके ।

यस प्रान्तको ठूला दुई सहर : फिलाडेलफिया र पिट्सबर्घ जहाँ परमपरागत रुपमा डेमोक्र्यट्सलाई नै समर्थन गर्छन्। त्यसबाहेक मेल मार्फत आएका अधिकांश मतदान गन्न बाँकी नै छ ।

बिडेन

बिडेनका लागि भने जितको बाटो भनेको नेभाडा र विश्कंसिन प्रान्त हुन् जहाँ उनले साँघुरो मतान्तरले बुधबार बिहानसम्म अग्रस्थानमा बढिरहेका थिए । गणकले अन्तिम पटक भोट गन्दै छन् । यदि बिडेन ले ती प्रान्तमा जित हाँसिल गरे भने, गोर्जिया, मिसिगन र पेन्सिल्भानियाको जितले उनलाई जित्नलाई काफी हुनेछ।

प्रतिकृया दिनुहोस्