Tuesday, November 24

राति निद्रा नलागेर छटपटी भयो ? शरीरको यो भाग सुत्नुअघि दबाउनुहोस

November 4, 2020 253

काठमाडौँ तपाईलाई राति धेरै अबेरसम्म निन्द्रा लाग्दैन। निद्रा देवीलाई बोलाउनका लागि मान्छेहरु घन्टौंसम्म ओछ्यानमा यता र उता पल्टिन्छन् ।

यस्ता मान्छेका लागि एउटा साधारण उपाय छ जो प्रायलाई थाहा छैन । यो हो एक्युप्रेसर र यसले अनिद्रा लगायत शरीरका धेरै समस्या समाधान गर्छ । तपाईंले शरीरका विशेष भागमा दबाब दिनुभयो भने शिशुले जस्तो सुत्न सक्नुहन्छ ।आरामले सुत्नका लागि तपाईंले शरीरका तीन विन्दुमा दबाब दिनु जरूरी हुन्छ।

गोडाको बुढी औंला र दोस्रो औंलाबीचको माथिल्लो भागमा सुत्नुअघि चारदेखि पाँच सेकेन्डसम्म थिच्नुस , नाडीबाट तीन औंलाको दूरी माथि रहेको भाग पाँच मिनेटसम्म दबाब दिनुभयो भने सुत्न सजिलो हुन्छ।-पाइतालाको मध्यभाग। चाहिँ पहिला ३० सेकेन्ड दबाएइ दिनुस त्यसपछि पाँच सेकेन्ड छोड्नुस् अनि फेरि ३० सेकेन्ड दबाब दिनुस तपाइँलाई आरामले निन्द्रा लाग्छ।।।

प्रतिकृया दिनुहोस्