काठमाडौं, २० कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई मुलुकमा गम्भीर संकट आउन सक्ने भन्दै यसको सामना गर्न तयार रहन निर्देशन दिएका छन् ।
आज बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले यस्ताे बताएका हुन् । पार्टी र सरकारले बेहोरिरहेको जटिलताबारे समेत उनले बैठकमा जानकारी गराए। उनका अनुसार, ‘उहाँले मुलुक र पार्टीमा राजनीतिक संकट देखा परेकाे बताउनुभयाे । याे संकट अझै बढ्न सक्ने प्रधानमन्त्रीकाे भनाइ थियाे । सबै प्रकारको संकटको सामना गर्न हामी तत्पर हुनुपर्छ भन्ने उहाँकाे आशय थियाे ।’
उनले आज आफूअनुकुल मन्त्रिमण्डल परिवर्तन गर्ने तयारी गरेको स्रोतले बताएको छ। प्रधानमन्त्रीले चाल्न सक्ने सम्भावित कदमबारे छलफल भएकाे बताइएकाे छ । दुई अध्यक्षको आजको छलफलले नेकपाको दिशा तय गर्ने अनुमान गरिएको छ ।उनीहरुबीच सहमति भयो या विवाद झन चर्कियो भन्नेबारेमा स्पष्ट कुरा आइसकेको छैन।
source:akkhabar
प्रतिकृया दिनुहोस्