Saturday, December 5

कुवेतमा दुर्घटनामा परि नेपाली युवकको मृत्यु

November 5, 2020 670

कुवेत-सडक दुर्घटनामा परि कुवेतमा एक नेपाली युवकको मृत्यु भएको छ। सडक दुर्घटनामा मृत्यु हुने वर्षीय ३२को दिपकसिंह ठकुरी जाजरकोट जिल्ला निबासी हो। उनी विगत ३ वर्षदेखि कुवेतको सीजीजीसी कम्पनीमा काम गर्दे आएका थिए। सोही कम्पनीमा काम गर्ने सहकर्मी यमराज छिनालका अनुसार उनलाई रोड क्रस गर्ने क्रममा विपरित दिशाबाट आएको मालवाहक गाडीले ठक्कर दिएको थियो। रात्रीकालीन ड्युटी सकेर आवासमा फर्किने क्रममा बुधवार विहान करिव ४ बजे उनलाई टिप्पर गाडीले ठक्कर दिएको बताए।

उनको नेपालमा एक ६ वर्षको छोरी, ४ वर्षको एक छोरा र श्रीमती छन। घटनाबारेमा कम्पनीले कुवेतस्थित नेपाली दूतावासलाई जानकारी गराइसकेको छ। दूतावासले पनि कम्पनीसँग समन्वय गरेर उनको शवलाई जति सक्दो
चाडो नेपाल पठाउने प्रक्रिया अघि बढाइने जनाएको छ।

प्रतिकृया दिनुहोस्