
आम्दानीको गतिलो स्रोत बन्दै पठाओ, यसरी बन्न सकिन्छ राइडर
Posted in अर्थ /बाणिज्य
काठमाडाैं, २० माघ ।कोरोना कहरकै कारण अर्थतन्त्रमा परेको असरले विभिन्न क्षेत्रमा रोजगारीका अवसर खुम्चिएको छ । यस्तो अवस्थामा लोकप्रिय राइड शेयरिङ प्लेटफर्म ‘पठाओ’ भने सबैका लागि रोजगारीको माध्यम बनिरहेको छ ।
पठाओले राइडरका लागि आधारभूत तालिम अनलाइन मार्फत नै सञ्चालन गरी पार्ट टाइम तथा फुल टाइम जबको अवसर प्रदान गरिरहेको पठाओ नेपाल प्रालिले जनाएको छ ।
कम्पनीका अनुसार कोरोना कहरअगाडि कार्यालयमै सञ्चालन हुँदै आएको तालिम हाल स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन अनलाइन मार्फत सञ्चालन गरिएको हो ।
कोरोनाको समयभन्दा अगाडि दैनिक सय राइडरले आधारभूत राइडर तालिम लिएर पठाओ सेवा सुरु गर्ने गरेकोमा अहिले दैनिक २ सय राइडर पठाओमा जोडिँदै आएको पठाओ नेपाल प्रालिका क्षेत्रीय निर्देशक अशिममान सिंह बस्न्यातले बताएका छन् ।
पठाओमा कसरी जोडिने ?
त्यसका लागि तपाईं एकपटक बानेश्वरमा रहेको पठाओको कार्यालयमा